फिल्म ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा रिलिज
नेपालबहस संवाददाता
पुस ३, २०७८ शनिबार २१:२५:१५
३ पुस, काठमाडौं । हिमाली भेगको जनजीवनलाई चित्रण गरिएको फिल्म ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा रिलिज भएको छ । वाई के फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्ममा युगल पोमो लिम्बुको कथा र निर्देशन छ ।
फिल्ममा सिर्जना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघालीलगायतका अभिनय हेर्न सकिन्छ । फिल्म धादिङको रुबी भ्यालीमा छायांकन गरिएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर अवार्डसमेत जितिसकेको यो फिल्ममा दिप्तप्रकाश कश्यपको पटकथा, मिनकुमार विष्टको पाश्र्व संगीत, जानु काम्बाङ लिम्बुको गीत, टेकराज लंघालीको मुख्य सहायक निर्देशन र अमृत मरहठ्ठाको मेकअप रहेको छ ।
फिल्ममा बुद्ध थापाको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, विक्रम राईको स्वर र संगीत रहेको छ । श्याम इङ्नाम, रेजिना साँवा र हिम सिंघक निर्माता रहेको फिल्ममा हेमराज अनछङ्बो र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार