रश्मिलाज फेसियल हाउसको १४ औं वार्षिक उत्सबमा अभिनेत्री करिश्मालाई सम्मान
नेपालबहस संवाददाता
पुस १३, २०७८ मंगलबार १२:५९:४२
१३ पुस, काठमाडौं । काठमाडौंको काठमाडौं मल, बिजी मल र बुद्ध मलमा रहेको ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औं वार्षिक उत्सब शनिबार मनाएको छ । अग्रज अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मान गर्दै सो वार्षिक उत्सब मनाईएको हो । कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो ।
सो समारोहकी प्रमुख अतिथि करिश्मा मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफुहरुलाई सुन्दताको महत्व अति हुने गरेको बताईन् । पछिल्लो समय आफु पनि रश्मिलाज फेसियल हाउसमा जोडिएको कारणले पनि आफ्नो सुन्दतामा निखार आएको उनले सो कार्यक्रममा जानकारी गराईन् ।
अभिनेत्री करिश्माले आफुहरु चलचित्रमा आउँदा त्यतिबेला सुविधा सम्पन्न व्युटीपार्लर र गुणस्तर युक्त कस्मेटिकको निकै अभाव रहेको बताईन् । तर अहिले खुलेका रश्मिलाज फेसियल हाउस जस्ता व्यटीपार्लरले हजारौ ग्रहकलाई सुन्दर बनाएको पनि करिश्माले बताईन् । रश्मिलाज फेसियल हाउसलाई १४ औं वर्षिक उत्सबको कामना गर्दै अभिनेत्री करिश्माले १०० भन्दा बढी कर्मचारलाई रोजगार दिएर रश्मिलाज फेसियल हाउसले एउटा उधोगको रुपमा सेवा गरेको छ भनिन् ।
यस्तै अभिनेता तथा चलचित्र निर्देशक दिनेश डिसीले काठमाडौंमा रहेको ब्युटीपार्लरहरुमा गुणस्तरीय सेवाको हिसाबले रश्मिलाज फेसियल हाउस उत्कृष्ट रहेको बताए । उनले पनि आफु लामो समयदेखि रश्मिलाज फेसियल हाउसमा जोडिएको बताउँदै यस रश्मिलाज फेसियल हाउसलाई अझ धेरै सफलताको कामना दिए ।
रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले नेपालमै केही गरौं भन्ने उदेश्यले १४ वर्ष अघि रश्मिलाज फेसियल हाउस स्थापना गरेको बताईन् । यसबाट सैयौंले रोजगार प्राप्त प्राप्त गर्नुका साथै आफुहरुले मासिक रुपमा हजारौं कस्टमरलाई सौन्दर्य सम्वन्धि पूर्ण सेवा दिन सकेको बताईन्,‘काठमाडौं मलको चौथो तलाबाट हामीले १४ वर्ष अघि सुरु गरेको रश्मिलाज फेसियल हाउसलाई अहिले काठमाडौं मलकै पहिलो तला, बिजी मल र बुद्ध मलमा पनि यसको आउटलेट सञ्चालन गरेर सेवा दिईरहेका छौं ।’
रश्मिलाज फेसियल हाउसका संरक्षक प्रकाश कुमार श्रेष्ठले विशेषतासँगै यसको आगामी योजनाबारे कार्यक्रममा जानकारी गराए । १४ औं वार्षिक उत्सब कार्यक्रमका अतिथिहरु ब्रानबोर्ड टाउन केन्टकी अमेरिकाका नगरपालिका सदस्य रामचन्द्र श्रेष्ठ, एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, निर्माण व्यबसायी संघ धादिङका अध्यक्ष रमेश कुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउसलाई शुभकामना यसको विशेषताबारे थगप प्रकाश पारे ।
गायिका मञ्जु पौडेलले सञ्चालन गरेको सो कार्यक्रमको व्यबस्थापन सञ्चारकर्मी सूर्य चन्दले गरेका थिए । १४ औं वर्षको केक काटेर कार्यक्रममा वार्षिक उत्सब मनाईएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार