पुस महिना ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट !
नेपालबहस संवाददाता
पुस २८, २०७८ बुधबार १४:८:२१
२८ पुस, काठमाडौं । पुस महिनामा कोरोना भाइरस संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले बताइन्।
‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा भेरिएन्ट भेटियो’, उनले भनिन्। थप जिन सिक्वेन्सिङको काम भइरहेको डा. झाले बताइन्।
छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। तर यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन्।
‘थप जानकारीका लागि नमुनाहरूको जिन सिक्वेन्सिङ गरेर हेर्नुपर्छ’, टिचिङ अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड १९ संयोजक डा। निरज बमले भने। उनका अनुसार पुसको १५–१६ गते कोभिडको बिरामी भर्नादर शून्य रहेकोमा अहिले गत २४ घण्टामा करिब एक दर्जन बिरामी भर्ना भएका छन्।
डेल्टा र ओमिक्रोन दुवैले खोप नलिएका र विशेष गरी वृद्धवृद्धामा निमोनिया बनाउन सक्ने डा. बमले बताए। वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरेले कोभिड संक्रमण भई आउने बिरामीमा सामान्य रुघाखोकी र ज्वरो देखिएको बताए।
धेरैजसो बिरामी एक डोजमात्र भए पनि खोप लगाइसकेका भएकाले उनीहरूमा समस्या जटिल नबनेको उनको विश्लेषण छ। नेपालमा ओमिक्रोनसँगै डेल्टा भेरिएन्ट फैलिरहेको भए पनि धेरैजसोले खोप लिएको र कतिपयमा पहिल्यै संक्रमित भएर शरीरमा एन्टिबडी बनेकाले गम्भीर लक्षण नदेखिएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।
‘अस्पतालमा संक्रमित भएर आउनेहरूमा सामान्य रुघाखोखी र जिउ दुख्ने समस्या देखिन्छ। डेल्टा भएर पनि शरीरमा एन्टिबडीका कारण गम्भीर लक्षण नभएको हुन सक्छ’, उनले भने। थप जिन सिक्वेन्सिङको अध्ययनबाट मात्र तथ्य पत्ता लगाउन सकिने पुनले बताए।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार एक साता पहिलासम्म १० प्रतिशत संक्रमणदर रहेकोमा अहिले ४० प्रतिशत बढीमा संक्रमण पुष्टि भएको छ। ३५ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये ५ जनाको आइसियुमा उपचार भइरहेको छ। यो समाचार नागरिक दैनिकमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार