उपत्यकाको प्रायः औषधि पसलमा सिटामोल सटेज !
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार १३:२५:४७
७ माघ, काठमाडौं । काठमाडौं बसन्तपुरकी रामवती महर्जन छेउछाउका औषधि पसलमा सिटामोल नपाएपछि टेकुस्थित प्रकाश फर्मामा पुगिन्। तर, त्यहाँ पनि उनले पाइएन्। भनिन्, ‘यताकै ठूलो फार्मेसी हो यो। अन्त नपाएका औषधि पनि पाइन्थ्यो।’
फार्मेसी सञ्चालक प्रकाश देवकोटाका अनुसार दैनिक धेरै ग्राहकलाई खाली हात फर्काउनुपर्छ। ‘ओमिक्रोनको दर ह्वात्तै बढेपछि सिटामोलको माग निकै छ। १–२ प्याकेट ल्याएर बाँड्ने गरेका छौं’, उनले भने, ‘पछिल्लो एक महिनादेखि नै सिटामोल सटेज छ। होलसेलले पठाउँदै पठाउन्न।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको गेटमै रहेका शुक्र फार्मेसी, रेमिडियन फार्मेसी र शास्त्री फार्मेसीमा पनि सिटामोल पाइएन। एक युवती हतारहतार शास्त्री फार्मेसीमा पसिन्। उनले सिटामोल माग्दा व्यवसायीले डाक्टरको प्रेस्क्रिस्पन मागे। फार्मेसी सञ्चालकले दुई सातादेखि सिटामोल नआएको बताएन्। ‘सयौँ आउनुहुन्छ कहाँबाट पुर्याउनु ? डाक्टरको प्रेस्क्रिप्सन भएकालाई एक-एक पत्ता दिने गरेका छौं’, उनले भने।
काठमाडौं उपत्यकाको प्रायः औषधि पसलमा सिटामोल पाइँदैन। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका कर्मचारी भोला सिग्देलले सर्वसाधारणले आत्तिएर धेरै सञ्चय गर्न थालेको बताए। ‘जताततै हारालुछ छ सिटामोलको’ उनले भने। सोविका मेडिकल हल महाराजगन्जकी प्रतिभा हाडाको फार्मेसीमा पनि सिटामोल नभएको दुई साता भयो। भनिन्, ‘भएर नदिन त कसलाई मन हुन्छ र ? कोही–कोही त सिटामोल मिसिएको अरू औषधि भए पनि दिनु न भन्छन्। के गर्ने ?’
दिनमा २ सयभन्दा बढी ग्राहक सिटामोल खोज्न आउने गरेको चामुण्डा फार्मेसी सिनामंगलका माधवप्रसाद घिमिरेले बताए। ‘सिटामोल अभाव हुनुको कारण अहिलेको कोभिड हो। भाइरल ज्वरो साथै मौसम चेन्ज भएको कारण पनि कोभिड बढिरहेको छ’, उनले भने, ‘यसको सामान्य औषधि नै सिटामोल हो। धेरै जनालाई त सिटामोल खाएरै कोभिड निको हुन्छ। सिटामोल जुनसुकै अवस्थामा पनि चाहिन्छ। ज्यान दुखेदेखि लिएर घाँटी, टाउको, ढाड दुखेको बेला पनि प्रयोग गर्न सकिन्छ।’ अन्नपूर्ण पोस्ट दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार