एमसीसीलाई लिएर सत्ता गठबन्धनले रमिता देखाएः अर्याल
नेपालबहस संवाददाता
फागुन ११, २०७८ बुधबार २२:४२:५९
११ फागुन, काठमाडाैँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले मिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्बन्धि कुनैपनि सम्झौतामा नेकपा एमालेको संलग्नता नरहेको बताएकी छन्। एमसीसी सम्झौता गर्ने विभिन्न सरकारमा समेत बर्तमान ‘सत्तारुढ गठबन्धनको संलग्नता रहेकाले संसदमा दर्ता भएको अवस्थामा सरकार बहुमतको भएको र पास गर्न चाहेमा सहजै पास हुने बताइन्।
एमसीसीका बारेमा एमाले बोल्न आवश्यक छैन्,‘गठबन्धनसँग बहुमत छ पास गरे भयो’अर्यालले भनिन्। एमसीसीका बारेमा एमालेलाई अनावश्यक विवादमा तान्ने प्रयास गरिएको समेत उनले आरोप लगाएकी छन्। एमसीस मा एमालेले आफ्नो पोजिशन क्लियर गरेको उनको भनाई छ।
‘हाम्रो माग पुरा भएपछि एमसीसीमा बहस गर्न तयार छौ,‘एमालेले संसद्मा पेस गरेका माग पूरा भएपछि मात्रै नियमित बैठकमा हुन्छौ’ उनले भनिन्। उनले संसदमा दर्ता भएको एमसीसीमा आफ्नो पार्टीले धारणा स्पष्ट रहेकाले अनावश्यक हल्ला नगर्न समेत चेतावनी दिएकी छन्। एमसीसीको विषयमा ‘सत्तारुढ गठबन्धनको रमिताले जनता प्रष्ट भएको अर्यालको भनाई छ। पास वा फिर्ताका बारेमा प्रष्ट नबोलेपनि सचिव अर्यालले बहस गर्न तयार रहेको पटकपटक दोहोराएकी थिइन।
बुधबार प्रेस चौतारी नेपाल, म्याग्दीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्यालले सभामुख अग्निप्रसाद सापकोटाको अनुचित कार्य गरेकाले बाध्य भएर संसद अवरुद्ध गरेको बताईन्। तत्कालीन नेकपा एमालेमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले राजनीति गरेकाले निष्कासनको सूचना जारी गरेकै दिन बैठकमा सहभागी हुने बताइन्।
अवैध ढंगले आफ्नो पार्टी फुटाएपछि एमालेबाट हटाइएका सांसदहरू नै सहभागी हुने बैठकलाई नियमित सञ्चालन गर्न नदिने पार्टीको लाइन प्रष्ट रहेको नेता अर्यालको भनाई छ।’पेलेर संसद् चलाउन खोजिएको छ,सभामुख पार्टीको कार्यकर्ता बनेकाले स्वीकार गर्न सकिदैन’ नेता अर्यालले भनिन्। उनले एमालेबाट हटाइएसँग सभामुखले अनुचित सम्बन्ध राखेको समेत आरोप लगाएकी छन्।
‘सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार छ,‘जनमत हाम्रो पक्षमा छ’ अर्यालले भनिन्। पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी अर्यालले सरकार अलोकतान्त्रिक र जनविरोधी भएकाले नै चुच्चे नक्सालाई गायब बनाएको बताइन्। प्रतिपक्षको भूमिकामा बसेर एमालेको सहयोगबाट एमसीसी पास गर्ने सत्तारुढ गठबन्धनको चाहना पूरा नहुने बताइन्। नेकपा एमाले म्याग्दीको बैठकमा सहभागी हुन आएकी अर्यालले आफ्नो पार्टीले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा प्रष्ट बहुमत ल्याएर बाँकी अधुरा काम गर्ने बताइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव
बैशाख २९, २०८१ शनिबार
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अनसन बस्छुः केसी
बैशाख २९, २०८१ शनिबार
नेपालको नक्सा नोटमा छाप्दा के चिन्ताः अध्यक्ष ओली
बैशाख २९, २०८१ शनिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
हुलाकी सडक कालोपत्र गरिँदै
बैशाख ३०, २०८१ आइतबार
काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या, ४ जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार