जानकी फाइनान्सको साधारण सभा फागुन २२ गते, के-के छन् एजेण्डा ?
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बुधबार १४:५०:५३
१८ फागुन, काठमाडौं । जानकी फाइनान्सको साधारण सभा फागुन २२ गते बस्ने भएको छ । यसअघि फागुन ७ मा बोलाइएको सभा कोरम नपुगेपछि स्थगित भएको थियो ।
अब फागुन २२ गते पुनः साधारण बस्ने बैंकले जनाएको छ । सभा सभा गायत्री कुञ्ज, अतिथी सदन जनकपुरमा बस्नेछ । सभामा जानकीले १५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्नेछ ।
यस्तै, ०.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो । बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ । आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । माघ २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार