निर्जीवन बीमा कम्पनीले सात महिनामा कति बढाए व्यवसाय ?
नेपालबहस संवाददाता
फागुन १९, २०७८ बिहिबार १७:४७:६
१९ फागुन, काठमाडौं । २० निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको सात महिना २२ दशमलव १२ प्रतिशतले व्यवसाय बढाएका छन् । चालु आवको सात महिनामा निर्जीवन कम्पनीले करिब २२ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
बीमा समितिले उपलब्ध गरेको तथ्यांक अनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले २१ अर्ब ८१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
गत आर्थिक वर्षको माघसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
कुल बीमाशुल्क आर्जनमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढि बीमा शूल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको माघसम्ममा शिखरले २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको माघसम्ममा २ अर्ब ४५ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो।
सगरमाथाले १ अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यस्तै नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्को कुल बीमाशुल्क पनि एक अर्ब माथि रहेको छ।
सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा भने सानिमा जनरल इन्स्योरेन्स रहेको छ। सानिमाले यस अवधिमा ५२ करोड ७७ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ। यो कुल बीमाशुल्कको २.४२ प्रतिशत मात्रै हुन आउछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
बैशाख १५, २०८१ शनिबार
कुम्भ मेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख १५, २०८१ शनिबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
बैशाख १५, २०८१ शनिबार