दमकलाई पूर्वको सिंहदरबार बनाउने कांग्रेस नेता गणेश अधिकारीको योजना
यज्ञप्रसाद भट्टराई
चैत ४, २०७८ शुक्रबार २२:३१:२१
४ चैत, दमक, झापा । २०४० सालमा नेपाल बिद्यार्थी संघ ईलामका संगठित सदस्य भई नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर लागिरहेका पूर्वप्रशासक गणेश अधिकारी २०४९–२०५१ सम्म नेपाल निजामती कर्मचारी संघ धनकुटाको जिल्ला अध्यक्ष भई काम गरेका व्यक्ति हुन ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघ झापाको उपाध्यक्ष समेत रहेका अधिकारी नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा दमक ५ बाट क्षेत्रीय प्रतिनिधि भई पार्टी संगठन निर्माणमा अनवरत रुपमा लागि रहेका देखिन्छन् ।
त्रिभुवन विश्व बिद्यालयबाट नेपाली साहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका गणेश अधिकारी निजामती सेवामा ३२ बर्षसम्म सेवा गरि देश र जनताको पक्षमा निस्वार्थ र लगनशील भई काम गरेका सादा जीवन उच्च विचारका नेताका रुपमा दमकबासीमाँझ आफ्नो बेग्लै छवि बनाउन सफल भएका छन् ।
प्रत्येक बर्ष २० किलोमिटर अत्यन्तै गुणस्तरीय सडक निर्माण गर्ने हो भने पनि ५ बर्षमा नगरभित्र १०० किलोमिटर भन्दा बढी पक्की, सुविधासम्पन्न सुरक्षित यात्रा गर्न लायक सडक निर्माण गर्न सकिने बताउने नेता अधिकारीले ‘हाम्रो दमक हामी आफै बनाउँछौं, हातमा हात राखी माथि उठाउँछौ’ भन्ने आफ्नो एकमात्र नारा हुने बताए ।
दमकको बिग्रदो अवस्था र अव्यवस्थित बिकासबाट अत्यन्तै दुखित बनेका अधिकारी दमकलाई देशकै नमूना शहर बनाउने पबित्र र महत्वकाक्षी उद्देश्य लिएर अगाडि बढीरहेका देखिन्छन् । उनी दमकका सर्वाङगिण बिकासका योजनाहरु लिएर र त्यसलाई कार्यान्वयन गराएर दमकबासीको अभिभावक बन्ने अभिलाशासहित आम नगरबासी माँझ प्रस्तुत भईरहेका छन् ।
अबको १० बर्षपछि, २० बर्षपछि र ३० बर्षपछिको दमक बिकासको भिजन र मार्गचित्र कोरिसकेको दावी गर्ने नेता अधिकारी दमकमा ग्रीन पार्क, हरियाली पार्क, बाल उद्यान र जेष्ठ नागरिक केन्द्र स्थापना गरि दमकलाई सुन्दर, शान्त र समुन्नत शहर बनाउने गुरुयोजना बनाएर नेपाली कांग्रेस पार्टी नेतृत्वसँग निरन्तर छलफल चलाईरहेका छन् । अधिकारी नगर भित्रै रोजगार सृजना गर्ने प्रशस्त आधारहरु रहेको तर बिगतमा नगरको नेतृत्व तहमा पुगेका राजनीतिक दलहरुसँग त्यस बिषयमा काम गर्ने ईच्छाशक्ति भने नभएको आफुले पाएको बताउँछन् ।
प्रत्येक बर्ष २० किलोमिटर अत्यन्तै गुणस्तरीय सडक निर्माण गर्ने हो भने पनि ५ बर्षमा नगरभित्र १०० किलोमिटर भन्दा बढी पक्की, सुविधासम्पन्न सुरक्षित यात्रा गर्न लायक सडक निर्माण गर्न सकिने बताउने नेता अधिकारीले ‘हाम्रो दमक हामी आफै बनाउँछौं, हातमा हात राखी माथि उठाउँछौ’ भन्ने आफ्नो एकमात्र नारा हुने बताए । नगर बिकासको महान अभियानमा दमकमा रहेका बिभिन्न बिषयविज्ञहरुसँग छलफल गरी विज्ञहरुको सहभागितामा एउटा छुट्टै टोली बनाएर मात्रै बिकासका योजना कार्यान्वयनमा लैजाने लक्ष्य लिएको बताउने नेता अधिकारी दमकमा नगर प्रमूख बन्ने बित्तिकै कम्तिमा २ वटा उद्योग खोलेर दमकबासीलाई तत्काल रोजगारीको ब्यवस्था मिलाउने आफ्नो लक्ष्य रहेको बताउँछन् ।
दमक नगरबासीका काममा जहिले पनि र जहाँ पनि सहजताका साथ पुग्ने साहसिक र प्रिय नेता अधिकारीलाई मेयर पदको सर्वसम्मत उम्मेदवार बनाउन अहिले पहल भैरहेको कांग्रेसका नेताहरुले बताएका छन् । दमकलाई पूर्वको सिंहदरबार बनाउने योजना प्रस्तुत गर्ने अधिकारी अहिले नेपाली कांग्रेसको तर्फबाट दमकमा मेयरका लागि अत्यन्तै चर्चाको शिखरमा देखिएका छन्
जहाँ बिकास पुगेको छैन, त्यहीबाट बिकासको शुरुवात भन्ने मुलनारालाई पुरा गराउन सक्ने दृढसंकल्प राखेका नेता अधिकारी ग्रामीण क्षेत्रबाट बिकासको मूल फुटाउने बृहत्तर योजना आफुसँग मात्र रहेको दावी गर्छन् । कांग्रेस नेता अधिकारीले आफु ईलाका प्रशासन कार्यालय प्रमूख भएर दमक आएको महिना दिनभित्रै दमकबाटै राहदानी वितरण गर्न शुरु गराएका थिए । जिल्ला प्रशासन कार्यालय झापामा रहेका एकलाख पचास हजार नागरिकको अभिलेखसमेत सारी दमकबाटै प्रतिलिपि जारी गर्ने व्यवस्था मिलाएर दमक तथा आसपासका गाविस तथा नगरपालिकाका नागरिकहरु समेत अधिकारीलाई एक कुशल नेताका रुपमा हेर्ने गर्दछन् ।
नेपाली कांग्रेसले अहिलेसम्म पनि दमकमा नगरप्रमूख जित्न नसकेको अवस्थामा आफु नगरप्रमूख भएमा जनतालाई अत्यन्तै सास्ती दिने पटके कर तत्काल बन्द गराउने बताए । दमक नगरबासीको चाहना र भावना अनुरुप ‘हेल्लो दमक’ कार्यक्रम सञ्चालन गर्ने सोच रहेको बताउने नेता अधिकारी जनतासँग नगरपालिका कार्यक्रममार्फत नगरबासीका समस्या र गुनासाहरुलाई सम्बोधन गर्दै वैज्ञानिक र सर्वशुलभ सेवा प्रदान गर्ने नै आफ्नो एकमात्र लक्ष्य रहने बताउँछन् ।
फ्री एमबुलेन्स सेवामार्फत सर्पले टोकेको, सुत्केरी र दुर्घटनामा परेका बिरामीहरुलाई तत्काल उपचारको व्यवस्था गर्ने योजना बताउने नेता अधिकारी शिक्षा र स्वास्थ्यलाई निशुल्क र सर्वशुलभ बनाउन नगरपालिकाको मेयर बन्ने बित्तिकै ठोस कार्ययोजना बनाएर अघि बढने आफ्नो उद्देश्य रहेको बताउँछन् ।
दमक नगरबासीका काममा जहिले पनि र जहाँ पनि सहजताका साथ पुग्ने साहसिक र प्रिय नेता अधिकारीलाई मेयर पदको सर्वसम्मत उम्मेदवार बनाउन अहिले पहल भैरहेको कांग्रेसका नेताहरुले बताएका छन् । दमकलाई पूर्वको सिंहदरबार बनाउने योजना प्रस्तुत गर्ने अधिकारी अहिले नेपाली कांग्रेसको तर्फबाट दमकमा मेयरका लागि अत्यन्तै चर्चाको शिखरमा देखिएका छन् ।
यसका अलावा दमकमा कांग्रेस नेताहरु झापा क्षेत्र नं. ५ का क्षेत्रीय सभापति ढुण्ढीराज भण्डारी, दमक नगरसभापति प्रकाश प्रसाई, युवा तथा लोकप्रिय नेता घनेन्द्रराज योङ्या, नेपाली कांग्रेस झापा जिल्ला कार्य समितिका पूर्व जिल्ला कोषाध्यक्ष देवी दाहाल, क्षेत्र नं.५ कै सशक्त युवा नेता रोशन गौतम, तरुण दलका पूर्व जिल्ला सभापति समेत रहेका प्रदेश नं. १ का प्रदेश सदस्य भूमिराज राईसहितका नेताहरुको समेत नगर प्रमूखमा अहिले चर्चा चलिरहेको देखिन्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपछोटो अवधिमा सरकार परिवर्तन भइरहने कुरा नेपालका लागि महारोग नै भयो: धनराज गुरुङ
बैशाख २१, २०८१ शुक्रबार
सम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी
पुष २९, २०८० आइतबार
संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे
असोज १, २०८० सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार