नेपाल युएईसँग पराजित
नेपालबहस संवाददाता
चैत ४, २०७८ शनिबार ०:१८:१२
४ चैत , काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल आयोजक युएइसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमा समेटियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । साठी बल खेलेका उनले ४ चौकाको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी ज्ञानेन्द्र मल्लले २८ रन बनाए भने कुशल भुर्तेलले ११ रन जोडे । करन केसी ६, आसिफ शेख ७, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शून्यमा आउट भए ।
युएईको बसिल हमिद एक्लैले ४ विकेट लिए भने जुनेद सिद्दिकीले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । युएईका रिजवान सिपी र रोहन मुस्तफाले समान ४०\४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।
युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले ४ विकेट लिए भने करण केसीले ३ विकेट झारे । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १\१ विकेट लिए । यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ विकेटले हराएको थियो । अब नेपालले आफ्नो तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
जेठ ४, २०८१ शुक्रबार
ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार