विश्व कविता दिवसका अवसरमा ३१ कविद्वारा कविता वाचन
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १७:४३:५०
८ चैत, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरेका छन् ।
सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३० औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, “कविताको सामथ्र्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो विश्व कविता दिवस को महत्व रहेको छ ।” कविता सुनेपछि सबैमा नयाँ ऊर्जा सञ्चारित हुने र कविता लेखनमा नयाँ पुस्ता प्रेरित हुने उनको भनाइ थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले विश्वका कविहरूका लागि आजको दिन हर्ष र उल्लासको दिन भएको उल्लेख गर्दै उनले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचारप्रसार गर्ने दिनका रूपमा विश्व कविता दिवस रहेको विचार राखे ।
यो वर्षको विश्व कविता दिवसको नारा ‘विश्वको भौतिक विकास, आन्तरिक प्रबोधन र प्राचीन भाषाहरूको संरक्षणमा कविताको भूमिका’ रहेको थियो । नेपालमा सन् २००२ देखि यो दिवस मनाउन थालिएको र यो दिवसले स्रष्टाका अभिव्यक्ति प्रस्फुटनमा सहयोग गरिरहेको उपाध्यायले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार