काभ्रेमा चट्याङ लागेर एकको मृत्यु ,दुुई जना घाइते
नेपालबहस संवाददाता
बैशाख ७, २०७९ बुधबार १२:२८:५६
७ बैशाख काभ्रे । काभ्रेमा चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार साँझ महाभारत गाउँपालिका–७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवान रामले चट्याङ लागेर डिलबहादुर मोक्तानकी कान्छी छोरी १६ वर्षीय कान्छीमाया मोक्तानको मृत्यु भएको जानकारी दिए । पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा मोक्तानको मृत्यु भएकोे इलाका प्रहरी कार्यालय देवीटारले जनाएको छ ।
सई रामका अुनसार चट्याङ लागेर दुई जना घाइते भएका छन्। जसमा मृतककी आमा सञ्चमाया मोक्तान र मामा बुद्ध घलान रहेका छन् । स्थानीय कोकिल स्याङ्तानले चट्याङले एक वटा भैँसी समेत मरेको जानकारी दिए । उनले चट्याङका कारण घरको जस्ता, सोलार, गोठ आदिमा क्षति पुगेको बताए । घट्ना स्थलमै रहेका स्थानीय स्याङ्तानले चट्याङ लघु जल विद्युतको लाइनबाट गोठ हुँदै घरमा पुगेको देखिएको सुनाए।
उनका अनुसार घरभित्र चट्याङका कारण ठूलो खाडलसमेत बनेको छ। सई रामले प्रहरी टोली घटनाबारे सूचना पाएसँगै सो स्थान तर्फ जाँदै गरेको पनि बताए । उनले विस्तृत विवरण घटनास्थलमा पुगेपछि नै भन्न सकिने बताए । घटना स्थल प्रहरी कार्यालयदेखि करिब दुई घण्टाको दुरीमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार