एनआरएनए अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार १६:५४:३९
१२ बैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन भएका छन् ।
गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटाका अनुसार यसअघि बुद्धि सागर सुबेदीको अध्यक्षतामा रहेको कार्यसमिति संघको ८२ औं बैठकको निर्णय बमोजिम स्वतः खारेज भएपछि लामिछानेलाई नयां जिम्मेवारी दिइएको हो ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले दिएको समय सीमा भित्र आफ्नो सदस्यताको बापतको तिर्नु पर्ने रकम पटक पटक ताकेता गर्दा समेत संघको केन्द्रीय कार्यालयमा नतिरे पछि सुवेदीको कार्यसमिति कार्यवाहीमा परेको सापकोटाले जानकारी दिए । संघको विधान अनुरुप केन्द्रको निर्णय नमान्ने राष्ट्रिय समितिको आबद्धता खारेज गर्न सकिने प्रावधान रहेको छ ।
गैर आवासीय नेपाली संघको विधान २००३ को (संसोधन २०२१) दफा १७. ७० अनुसार सुबेदीको नेतृत्वमा रहेको कार्य समितिको मान्यता स्वतः खारेज भई नयाँ कार्यसमितिको निर्वाचनका लागि तदर्थ समिति गठन गर्नु पर्ने अवस्था आएको सापकोटाले जनाए ।
सुवेदी संघका पूर्वअध्यक्ष शेष घले निकटवर्ती मानिन्छन् । उनले २० हजार पंन्जिकृत सदस्यहरुको सदस्यता शुल्क करिब १ लाख डलर केन्द्रमा बुझाएका छैनन् ।
यसअघि एनआरएनए अमेरिका क्षेत्रीय समितिको एक बैठकले सुवेदीको कार्यकालको लागि धन्यवाद दिदै सबै हरहिसाव बुझाउन निर्देशन दिने निर्णय गरेको थियो । बैठकमा क्षेत्रीय उपसंयोजकद्धय अभिमन्यु बस्नेत, पशुपती पाण्डे, पुरुषोत्तम बोहरा लगायतको उपस्थिति थियो । संयोजक सापकोटाले क्षेत्रीय समितिको पछिल्लो निर्णय संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीलाई जानकारी दिएको बताए ।
यस्तै गैरआवासीय नेपाली संघ यूके समेत संघको विधान बमोजिम खारेजीको अवस्थामा पुगेको छ । संघलाई तिर्न पर्ने करिब ६० लाख रुपैया बकौता रहदा एनआरएनए यूकेको कार्यसमिति विगठनमा परेको हो । बेलायतस्थित केही अगुवाहरुले यसै साता एक भेलाको आयोजना गरि नयां तर्दश समिति गठनको तयारी गरेका छन् ।
एनआरएनए अमेरिका र यूकेको नयां विवादले संघका कार्यकारी अध्यक्ष कुल आचार्यमाथि थप चुनौती थपिएको छ । यसअघि संघको ८३ औं बैठकले राष्ट्रिय समितिमा भएको विवाद मिलाउन महासचिवद्धय डा. केशव पौडेल र गौरीराज जोशीलाई दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार