महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति
नेपालबहस संवाददाता
बैशाख १८, २०७९ आइतबार १९:०:४४
१८ बैशाख, भक्तपुर । भक्तपुरका प्राध्यापकहरूले शैक्षिक संस्थाबारे दुष्प्रचार नगर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरूले राम्रो शैक्षिक संस्थाको विषयमा जथाभावी रुपमा कपोलकल्पित भ्रमहरु नछर्न आग्रह गरेका हुन् ।
केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमाले भक्तपुरका नेता महेश वस्नेतले कलेजमा पढाउने शिक्षकहरू अयोग्य भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनले कलेज कुन कानुनअन्तर्गत सञ्चालित हो भनी प्रश्न पनि गरेका थिए । उनले सरकार बलियो भएको भए कलेज बन्द गराउनसक्ने पनि बताएका थिए । कलेजका विद्यार्थीका सर्टिफिकेटसमेत नक्कली भएको दाबीसहितको बस्नेतको अभिव्यक्तिको भिडियो भाइरल भएको थियो ।
कार्यक्रममा कलेजका प्राध्यापकहरूले अयोग्य शिक्षकशिक्षिकाहरूले पढाएका विद्यार्थीहरु पटकपटक कसरी त्रिभुवन विश्वविद्यालय टपर भए भनी प्रश्न गरेका थिए । प्राचार्य रूपक जोशीले कलेज देशकै उत्कृष्ट भएकै कारण पटकपटक कलेजका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय टप भएको स्मरण गरे ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले आफूले महेश वस्नेतद्धारा लेखिएको भनिएका ‘महेशको म’ नामक पुस्तक अध्ययन गरेको र त्यस पुस्तकमा लेखकले बहसमा झुटो कुरोलाई पनि सत्य बनाउनुपर्ने कुरा आफूलाई मन नपरेको, तर राजनीतिमा त्यही गर्नुपरेको विषय उल्लेख भएको बताए । यही कारण बस्नेतले आफ्नो राजनीतिलाई टिकाउन कलेजबारे झुठो बोलेको विषय उनकै पुस्तकबाट खुलेको प्राचार्य श्रेष्ठको तर्क थियो । कस्नेत पदीय हिसावले उच्च पदमा पुगे पनि उनको बौद्धिकता भने नभएको भन्दै उनले दुःख व्यक्त गरे ।
कार्यक्रममा कलेजका उपप्राचार्य डा राजेशकुमार श्रेष्ठ, परीक्षा शाखा प्रमुख विष्णुप्रसाद किसी, प्रशासनका उमा भट्टलगायतले आफ्नो राजनीतिक भविष्य बचाउन एउटा शैक्षिक संस्थाकोबारेमा अनर्गल प्रचार नगर्न चेतावनीसमेत दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार