एक महिला नौ सन्तानकी आमा, एकसाथ पहिलो जन्मोत्सव मनाउँदै
नेपालबहस संवाददाता
बैशाख २२, २०७९ बिहिबार १९:५७:३९
२२ बैशाख,काठमाडाै। एक महिलाले एकैपटक गर्भबाट नौ सन्तान जन्माएकी छिन । ती बालबालिकाको बिहीवार पहिलो जन्मदिन हो।अहिले उनीहरू सबै जना बामे सर्न थालेका छन्।
कोही बस्न सक्छन्, कोही चाहिँ केही कुरामा समातेर टुकुटुकु हिँड्न सक्ने भएका छन्, आर्बीका अनुसार २५ वर्षीया आमा हालिमा सिसेको अवस्था पनि सन्तोषजनक छ।नौ वटा सन्तान जन्माएका हालिमा सिसे र एड्जुदान्त कादेर आर्बीले एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्वकीर्तिमान बनाएका छन् ।
सन् २०२१ को मे महिनामा सन्तान जन्मिनुअघि सिसेलाई माली सरकारले विशेष स्वास्थ्योपचारका लागि मोरोक्को पुर्याएको थियो। एकसाथ धेरै सन्तान जन्माउनु जोखिमपूर्ण हुन्छ।
गर्भपतन कानुनी भएका देशहरूमा एक पटकमा चार वटाभन्दा बढी भ्रूण भएका महिलाहरूलाई केहीको पतन गर्न सुझाइन्छ।एकसाथ धेरै भ्रूण रहँदा बच्चा समय नपुग्दै जन्मिने र त्यसरी अगावै जन्मिएका बच्चाहरूमा सेप्सिस, सेरब्रल पोल्सीजस्ता स्वास्थ्य समस्या देखिने जोखिम रहन्छ।
सिसे र उनका सबै सन्तान अहिले चिकित्सकीय सेवासहितको आवासूमा बसिरहेका छन् जुन क्यासाब्लान्कास्थित आइन बोर्जा क्लिनिकका मालिकहरूको स्वामित्वमा छ।
जन्मिँदा उनीहरूमध्ये अधिकांशको तौल ५०० ग्रामदेखि एक केजीसम्म थियो।प्रजननको दुर्लभ अवसरको बाटो पहिल्याइदिने एक महिला वैज्ञानिक २७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्मउनीहरूलाई शल्यक्रिया गरेर गर्भबाट निकालिएको थियो। नौ सन्तानमध्ये पाँच छोरी र चार छोरा हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार