शुक्रबारबाट हलिउड फिल्मसँगैं भिड्दै नेपाली डेब्यू निर्देशकहरु
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १८:३७:१७
२३ बैशाख,काठमाडौं । आज शुक्रबारबाट दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज( २’ प्रदर्शनमा आएका हुन् ।
फिल्म ‘लक्का जवान’ हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन् । फिल्ममा किरण केसी, दिलीप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्माता छन्। फिल्ममा किरण केसी, दिलीप रायमाझी, शिवहरी पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, जयन्द लामा, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको जनाएको छ ।
साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ मिलन डि काप्रीको निर्देशन रहेको छ। काप्रीले पनि ‘षट्कोण’मार्फत निर्देशनमा डेब्यू गरेका हुन्। फिल्ममा कार्म शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ ।
हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज स् इन द मल्टिभर्स अफ म्याडनेस’ पनि प्रदर्शनमा आएको छ। काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो सिरिजको कथावस्तु हो। साम रेइमी निर्देशित यस फिल्ममा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेन लगायतका कलाकारहरूको अभिनय छ । डक्टर स्ट्रेन्ज ‘२’को तुलनामा दुई नेपाली फिल्मले नेपाली मल्टिप्लेक्स हलमा न्यून शो पाएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार