रोटरी क्लबले दियो स्कुललाई शुद्ध खानेपानी र स्यानिटरी प्याड बनाउने मेसिन
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १९:५२:३९
२९ बैशाख, काठमाडौं । रोटरी क्लब अफ पाटन वेस्टले सप्तरीको कन्चनरुप नगरपालिकास्थित शंखर माध्यमिक विद्यालयलाई ह्यापी स्कूल प्रोजेक्टअन्तर्गत शुद्ध पिउने पानी, छात्राहरुको लागि स्यानिटरी प्याड भेन्डर मेसिन, सरसफाईको व्यवस्था एवं छात्र छात्राहरुको लागि छुट्टाछुट्टै १६ वटा शौचालय तथा युरिनल घर निर्माण गरि हस्तान्तरण गरेको छ।
लेट क्याप्टेन स्टेफन श्रेष्ठ वेलफेयर फण्डका चेयरपर्सन डा. प्रेमलाल श्रेष्ठको पहलमा उक्त विद्यालयलाई सहयोग गरेको रोटरी क्लब पाटन वेस्टका प्रोजेक्ट चेयरपर्सन प्रदिपमान वैद्यले बताए ।
अमेरिकी डलर ३३ हजार १७ ‘करिव ३५ लाख रुपैयाँ’ मा बनेको यस प्रोजेक्टमार्फत १ हजार ४ सय जना विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेभएका छन्। यस परियोजनाको अनावरण कन्चनरुप नगरपालिकाका मेयर बसन्त मिश्रले गरे ।
यस परियोजनालाई सम्पन्न गर्न रोटरी क्लब अफ पाटन वेस्टका मेन्टर तथा पास्ट प्रेसिडेन्ट प्रदिप मान वैद्य, पास्ट प्रेसिडेन्ट तथा बर्ष २०२१/२०२२ का असिस्टेन्ट गभर्नर सुरेन्द्र शाही ठकुरी, प्रेसिडेन्ट शिव नारायण सिंह, प्रेसिडेन्ट नोमिनी सुदिपकुमार बानिया, सहकोषाध्य्क्ष प्रेस्का गिरी, सहसचिब सरस्वती योन्जनको उपस्थित थियो।
परियोजनाका चेयरपर्सन प्रदीपमान बैधले करिब एक वर्षको अवधिमा निर्माण भएको यस परियोजनाले शुद्ध खानेपानी तथा सरसफाई तथा छात्रछात्राहरुको लागि छुट्टा छुट्टै हात धुने ठाँँउ बनाइ दिने बताए । उनले शिक्षक प्रशिक्षण तालिम पनि यथासिध्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिए । यस प्रोजेक्टको इन्टरनेसनल पार्टनर रोटरी क्लब अफ सांग्ली मिडटाउन, ईन्डिया रहेको उनले जानकारी गराए ।
रोटरी क्लब अफ पाटन वेस्टका पूर्वअध्यक्ष सुरेन्द्र शाही ठकुरीको कार्यकालमै ५ पाँच बर्षसम्म निरन्तर रुपमा सहयोग गर्ने गरी उक्त विद्यालयमा परियोजना सुरु गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार