दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु सार्वजनिक
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १९:४८:३३
१ जेठ, काठमाडौं । दीपा राई पुनको कविता सङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु” ३१ वैशाख २०७९ सालमा थापागाउँस्थित मण्डला थिएटरमा सार्वजनीकीकरण भएको छ । कवि तुलसी दिवस, कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गरे ।
“मलाई दीपाका कविता पढ्दा ईष्र्या महसुस भएको छ, उनका बान्की परेका कविता पढ्दा,” कवि तुलसी दिवसले सङ्ग्रहबारे बोल्दा भन्नुभयो । उहाँको विनीत वाणी त्यतिखेर पराकाष्टामा पुग्यो जब उनले भने, “मलाई यो सङ्ग्रह यति मन परेको छ, अरुलाई मन नपर्ने त कुरै हुँदैन ।”
सङ्ग्रहको प्रकाशक ‘वी रिड’ का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिति अमात्यले आफ्नो प्रकाशन सँस्था कथालयबाट बालबालिकाहरुकालागि पुस्तक प्रकाशन गर्ने मात्र नभई वी रिडमार्फत नेपाली वाङ्मयका अन्य विधामा पनि पुस्तक प्रकाशन गर्ने कुरा बताए । उनले भने, “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु त्यसैको उदाहरण हो” । सम्भवत यो काव्य सङ्ग्रह नेपाली वाङ्मयमा रुचिपूर्वक पढिनेछ ।”
नेपाली वाङ्मयलाई गम्भीर रुपले अध्ययन गरेकी समालोचक लीला लुईँटेलका सारगर्भित भनाई पछि कवि दीपा राई पुनले आफ्ना छः वटा कविता वाचन गर्नु भएको थियो । कवि रामगोपाल आशुतोषले उक्त कार्यक्रम आफ्ना मधूरवाणीमार्फत दर्शकहरुलाई मुग्ध पारेको थियो । लोकार्पित सङ्ग्रह आउने हप्ताभित्र पुस्तकपसलहरुमा सर्वसुलभ हुनेछ ।
कवि रामगोपाल आशुतोषले उक्त कार्यक्रम आफ्ना मधूरवाणीमार्फत दर्शकहरुलाई मुग्ध पारेको थियो । लोकार्पित सङ्ग्रह आउने हफ्ता भित्र पुस्तक पसलहरुमा सर्वसुलाव हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार