हो, अब तिमीले निभ्नुपर्छ
यज्ञप्रसाद भट्टराई
जेठ ८, २०७९ आइतबार २०:२५:२०
♦यज्ञप्रसाद भट्टराई
जतिबेला उज्यालोको अनुपस्थितिमा
हामीलाई तिम्रो अति नै आवश्यकता थियो
तिमीलाई बाल्न हाम्रा धेरै मैनबत्तीहरु सिद्धिएका छन्
धेरै टुकीमा सलेदो फेरिएका र बर्तन थपिएका छन्
अझ भनौं धेरै होल्डरहरुमा बल्व र मर्करीहरु फेरिएका छन्
जतिखेर चारैतिर अन्धकारको साम्राज्य थियो, निष्पट्ट ।
हामीलाई तिमी निभ्छौं की भन्ने ठुलो चिन्ता थियो ।
अध्याँरोको साम्राज्यले हामीलाई अनाहकमा एकैपटक
सर्लक्कै निल्छ कि भन्ने ठुलो डर थियो ।
जानेर हो या नजानेर सानो हावाको बहावसँगै तिमीले
कहिले आफ्नो रुप परिवर्तन गर्थ्यौ
कहिले उज्यालो छर्ने दिशा परिवर्तन गर्थ्यौ ।
तिमीलाई बचाउन हामीले हाम्रै हत्केलाहरु
धेरै पटक जलाएका छौं ।
हावाको चाँपबाट जोगाउन कैयौंपटक हामीले
आफ्नै घरका झ्याल र ढोकाका छिस्किनीहरु लगाएका छौ ।
धेरै प्रयत्न गर्दा पनि तिमी कहिलेकाँही
झ्याप्पै निभ्थ्यौ, जानेर या अन्जानमै
हामी आत्तिन्थ्यौ, कतै अध्याँरोको साम्राज्यले
तिम्रो अनुपस्थितिमा फेरि कतै
हामीलाई अप्ठ्यारोमा पार्ला कि भनेर ।
हर प्रयत्नले तिमीलाई फेरि सल्काउँथ्यौं
मन्दिरमा दियोको रुपमा सजाउथ्यौं
कोठामा टुकी सम्झेर जलाउँथ्यौं ।
तर तिमी पटकपटक हावाको झोकासँगै
तरङ्गित भईरहन्थ्यौ, भईरहन्थ्यौं ।
तिम्रो र अन्धकारको बीचमा
अन्योन्याश्रित सम्बन्ध रहेछ ।
तिमी नभए अन्धकार र अन्धकार नभए तिम्रो
कुनै अस्तित्व नहुने रहेछ ।
अन्धकार हटाउने अभियानमा तिमीलाई
पटकपटक बाल्ने र बर्तन हाल्ने कामले
तिमीहरुको सामिप्यतालाई केवल
मलजल मात्रै गरिरहेको रहेछ ।
तर अब हामीले तिमीबाट अन्धकार
हटदैन भन्ने बुझिसकेका छौं ।
तिमीलाई बिस्थापित नगरी उज्यालोको
आगमन हुनै नसक्ने बुझेर
हामीले प्रकाशको व्यवस्थापन गरिसकेका छौं ।
भो अब तिमी चाँहिदैन हामीलाई
किनकी अब उज्यालो भैसकेको छ ।
अन्धकारको डर सबैमा हटेर गैसकेको छ ।
हामीले प्रण गरिसकेका छौं
अब कहिल्यै अन्कारलाई आँगनमा
आउन दिने छैनौ
परिवारमा नैराश्यता कहिल्यै पनि
छाउन दिने छैनौ ।
तिमी जलेर उज्यालो हराउँदैन,
तिम्रो अनुपस्थितिमा हाप्सिलो कराउँदैन ।
तिम्रो साम्राज्य अध्याँरोको अवसानसँगै
समाप्त भएर गएको छ ।
तिम्रा अवशेषहरु बिस्तारै हराउँदै जानेछन्
हो अब तिमीले निभ्नु पर्छ किनकि,
भाले बासेर झिस्मिसे उज्यालो भैसकेको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार