आफ्नी प्रेमिकालाई भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि
नेपालबहस संवाददाता
जेठ १५, २०७९ आइतबार १९:५:४४
१५ जेठ, एजेन्सी । पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु पर्याे। सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे । बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस्याको सामना नगरेकोले के कारणले बत्ति काटिएको छ भन्ने कसैलाई थाहा भएन ।
आक्रोशित गाउँलेले बत्ति नआउने समयलाई ध्यान दिन थाले । साँझ परेपछि सधै बत्ति जाने गरेको उनीहरू निष्कर्षमा पुगे । एक दिन बिजुली गएको समयमा गणेशपुरका धेरै बासिन्दाहरूले गाउँको गस्ती नै गरे । गस्ती गर्दै जाँदा तिनीहरू गाउँको विद्यालयको आँगनमा पुगे, जहाँ उनीहरूले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका प्रेमी र प्रेमिका देखे । ती प्रेमी पेसाले इलेक्ट्रिसियन भएको र आफ्नो सुमधुर प्रेमलाई गोप्य राख्न उनले हरेक दिन साँझ दुई तीन घन्टा विद्युत कटौती गरेका थिए ।
आफ्नी प्रेमिकालाई भेट्न चाहेको बेला पूरै बस्तीको बिजुली काटिदिएको स्वीकार गरेपछि ती टेक्निसियनलाई गाउँलेले कुटपिट गरेर सडकमा परेड गराएका थिए । सौभाग्य उनको कथाले सुखद अन्त्य हुन्छ । गोप्य रोमान्सको बारेमा थाहा पाएपछि गाउँका बुढापाकाले उनीहरूलाई विवाह गर्न अनुमति दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार