जोन्टा कल्ब अफ काठमाडौंको ९ औँ बार्षिक साधारणसभा सम्पन्न
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १९:१६:१८
१९ जेठ, काठमाडौं । जोन्टा कल्ब अफ काठमाडौंको ९ औँ बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ । जोन्टा कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो।
नेपालमा बिगत नौ बर्ष देखि स्वाथ्य , शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल बिवाह ,मानव बेचबिखन , लैङ्गिक हिंसा र विभेद लगाएत बिभिन्न क्षेत्रमा काम गरिरहेको जोन्टा कल्ब अफ काठमाडौंले जनाएको छ।
कार्यक्रममा उक्त क्लबको निवर्तमान प्रेसिडेन्ट सिमा गोल्छाले आफ्नो दुई वर्षे कार्यकाल समापन भएर नयाँ प्रेसिडेन्ट चयन गर्दै आभा शाहलाई कार्यभार हस्तान्तरण गरे । उनले आफ्ना कार्यकालमा भएका कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराएका थिए । कोरोनाको कहरमा पुरा विश्व नै ठप्प भएको बेलामा पनि दृढ़ संकल्प र अटुट साहसका साथ उनले जोन्टा कल्ब अफ काठमाडौं गरेका उदाहरणीय कार्यहरुको बारेमा जानकारी गराए ।
सो समारोहमा नव निर्वाचित आभा शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने र साथै नेपाली महिलाहरुका हक हित, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तिकरणमा जोडदार रूपमा कटिबद्ध भएर लाग्ने प्रण गरे ।
उक्त कार्यक्रममा भाइस एरिया डाइरेक्टर मिरा ज्योती , भाइस प्रेसिडेन्ट कमल केशरी तुलाधर ,टेर्जरर मृदुला राजभण्डारी, तथा भुतपूर्व प्रेसिडेन्टहरू र व्यवस्थापक समितिका सदस्यहरुले जोन्टा कल्बले गरिरहेको कामको चर्चा र गर्नु पर्ने कार्यको बारेमा सुझाव र धारणा राखेका थिए । साथै कार्यक्रममा ६ जना नव प्रवेशीहरु पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, निशा के सी, सितु प्रधान, स्वस्तिका खनाल , निसि टिब्रेवाल खेतान र गौरी ठकुरीलाई सदस्यता प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार