‘सहयोगी मनहरु नेपाल’ले गर्यो बोनम्यारो क्यान्सर पिडित फुँयाललाई आर्थिक सहयोग
यज्ञप्रसाद भट्टराई
जेठ २३, २०७९ सोमबार २१:२७:४५
२३ जेठ, झापा । असहायहरुको सहारा बन्दै आएको सहयोगी मनहरु नेपालले झापा जिल्लाको मेचीनगर नगर पालिकामा बोनम्यारो क्यान्सर पिडित नवीन फुँयाललाइ उपचारमा सहजता प्रदान होस भन्ने हेतुले आर्थिक सहयोग प्रदान गरेको छ ।
मेची अञ्चलको झापा जिल्ला स्थित दमक नगर पालिकामा आफ्नो कार्यालय स्थापना गरी असहायहरुलाई सहयोग पु¥याउँदै आईरहेको सहयोगी मनहरु नेपाल नामक संस्था शुरुमा टिकटकको माध्यमबाट देशका बिभिन्न जिल्लाहरुबाट जोडिएको एउटा समूह थियो जसलाई संस्थाका बर्तमान अध्यक्ष भिमप्रसाद आचार्यले समूहलाई संस्थाको रुपमा निर्माण गरी अहिले बिभिन्न सामाजिक कार्यहरु समेत गरिरहेका छन् ।
गत जेठ २१ शनिवार झापाको काँकरभिट्टामा आयोजित एक कार्यक्रममा बोनम्यारो क्यान्सर रोगी मेचीनगर नगर पालिका वार्ड नं. ८ स्थित बिरामी कै घरमा पुगेर बिरामी नवीन फुँयालकी आमा सुमित्रा फुँयाललाई नगद सहयोग हस्तान्तरण गरिएको संस्थाका सचिव बिष्णु उप्रेतीले नेपालबहश डटकमलाई बताएका हुन ।
संस्थाका अध्यक्ष भिमप्रसाद आचार्य र मेचीनगर नगर पालिका वार्ड नं. ७ का वडा अध्यक्ष प्रलावमणी ओलीले संयुक्त रुपमा हस्तान्तरण गरेको थिए । करिब ९ महिनादेखि बिरामी परेका फुँयालको नेपालका बिभिन्न अस्पतालहरुमा उपचार संभव नभए पछि हाल भारतको गान्धी हस्पिटलमा उपचार भैरहेको पारिवारिक श्रोतले जनाएको छ ।
सहयोग रकम रु. ९२ हजार २ सय ७३ रुपैयाँ नवीन फुँयालकी आमा सुमित्रा फुँयाललाई हस्तान्तरण गर्दै वडाध्यक्ष ओलीले सामाजिक क्षेत्रमा सहयोगी मनहरु लेपाल नामक संस्थाले गरेको यो सहयोग रकमका रुपमा सानो भए पनि मानवीयताका रुपमा असाध्यै ठूलो रहेको बताएका छन् ।
वडाध्यक्ष ओलीले बिरामी नवीन फुँयालको उपचारमा आफु र मेचीनगर नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने समेत बताएको संस्थाका महासचिव उप्रेती बताउँछन् ।
सहयोगी मनहरु नेपालले देश तथा विदेशमा रहेका मनका धनी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट संकलित भएको रकममा कुनै पनि प्रकारको तलमाथि नगरिने स्पष्ट पारेको छ । बिरामी नवीन फुँयालको उपचारमा अझै ३२ देखि ३५ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने भएकाले निजको उपचारमा थप सहयोग जुटाउन सहयोगी मनहरु नेपालले सबैमा हार्दिक अपिल समेत गरेको छ ।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका फुँयाललाई उपचार गराउन ३२ देखि ३५ लाख रुपैयाँ लाग्नसक्ने भएकोले परिवारले सहयोगको लागि सबैमा आग्रह समेत गरेका छन् । उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव खिना निरौला, कोषाध्यक्ष सन्धया खनाल, सदस्यहरु सुजाता गुरुङ्ग थापामगर, जानुका बिष्ट लगाएको उपस्थिति रहेको थियो ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार