बागलुङ उद्योग वाणिज्य संघमा श्रेष्ठ र कँडेलबीच प्रतिस्पर्धा
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार १७:३९:६
१ असार, बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्माणकुमार श्रेष्ठ ‘बासु’ र नरेश कँडेलबीच चुनावी प्रतिस्पर्धा हुने भएकोे छ । अध्यक्षमा चार जनाको उम्मेदवारी परेकामा राजनकुमार शाक्य र शशीकपुर श्रेष्ठले मंगलबार उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ र कँडेलबीच प्रतिस्पर्धा हुने भएको हो ।
संघको नयाँ नेतृत्व चयनका लागि आउँदो शनिबार चुनाव हुँदैन । अध्यक्षको प्रतिस्पर्धामा रहेएका कँडेल संघको निवर्तमान महासचिव हुन् । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।
संघको खुलातर्फको १४ सदस्य भने निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भूमिश्वर गौतमले जानकारी दिए । खुला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले उम्मेदवारी फिर्ता लिएपछि खुला सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी रहेका छन् ।
मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । अब अध्यक्षसहित दुई उद्योग सदस्यका लागि मात्र मतदान हुने निर्वाचन समितिले जनाएको छ । कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिनेछन् । संघको निर्वाचनमा एक हजार ४१० जना मतदाता छन् । उद्योगी, व्यवसायीहरुको छाता सङ्गठनका रुपमा चिनिएको संघ विसं २०२० मा खुलेको थियो । बागलुङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यसमेत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार