नेपाल फाइनान्सले १४ लाख कित्ता शेयर लिलामीमार्फत बिक्री गर्ने
नेपालबहस संवाददाता
असार १५, २०७९ बुधबार १७:३६:५६
१५ असार, काठमाडौं । नेपाल फाइनान्सले शुक्रबारदेखि १४ लाख ३९ हजार ४१२ कित्ता शेयर लिलामी खुला गर्ने भएको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ । कम्पनीले यसअघि जेठ ६ गतेदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार