इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार जित्ने योजना
नेपालबहस संवाददाता
असार १५, २०७९ बिहिबार ४:२६:५८
१५ असार, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ ।
यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार,एक जनाले आइफोन १३, एक जनाले स्माार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सकिने छ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता ४ जनाले आफुले रोजेको पुरस्कार प्राप्तगर्न सक्नेछन् ।
विजेताहरु गोलाप्रथा मार्फत चयन गरिने छ । यस योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इसेवामा भेरिफाइ (प्रमाणित ) भएको हुनुपर्नेछ । अनलाइन मार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाखगरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार