युरोपमा एनआरएनए विज्ञ सम्मेलन हुने
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार १९:४७:४६
१९ असार, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ । संघका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी ११औं क्षेत्रीय बैठकसंगै युरोप क्षेत्रमा कार्यरत विभिन्न नेपाली विज्ञहरुको भेला गर्ने तयारी गरेको हो ।
सम्मेलनलाई सफल पार्न शनिबार सम्पन्न एनआरएनए युरोप क्षेत्रीय पदाधिकारीहरुको बैठकले एक कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा राजु अर्याल (नर्वे), नवराज रोशियारा (जर्मनी) र डा. चिरन्जीवी खड्का (चेक रिपब्लिका) रहेका छन् ।
बैठकले सम्मेलनको मिति र स्थान तोक्ने जिम्मा क्षेत्रीय संयोजकद्वय चिन्तामणि सापकोटा र सन्तोष भट्टराईलाई दिएको छ । भट्टराईले आगामी दुई हप्ताभित्र स्थान र मितिको टुंग्गो लगाउने जानकारी दिए ।
बैठकले एनआरएनए यूकेको विवाद अन्त्य गर्न संघका अध्यक्ष कुल आचार्यको संयोजत्वमा गठित समितिलाई पूर्णरुपमा सहयोग गर्ने र छिटोभन्दा छिटो समस्याको समाधान खोज्न आग्रह गर्ने निर्णय गरेको छ । करिब तीन दर्जन राष्ट्रिय समितिका प्रतिनिधिहरु तथा अध्यक्षहरुको उपस्थिति रहेको बैठकमा करिब ५० जनाको सहभागिता थियो ।
बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा.हेमराज शर्मा, महासचिवद्वय गौरीराज जोशी र डा. केशव पौडेल, उपमहासचिव रामशरण सिंखडा, सचिव गंगाधार गौतम, कोषाध्यक्ष फडिन्द्र पन्त, प्रवक्ता शिव बरुवाललगायतको उपस्थिति थियो । संघको विधानअनुरुप गठित क्षेत्रीय समितिको बैठक पहिलो पटक बसेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार