गाउँपालिकामा बीमाको पहुँच बढाउनका अन्तरक्रिया
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार २३:५२:२६
२१ असार, काठमाडौं । बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पालिकाहरुमा बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने क्रममा प्रदेश नं. १ को मोरङका ग्रामथान, जहदा र कटहरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बीमा समितिको आयोजनामा यही असार २० गते ग्रामथान गाउँपालिकामा र असार १९ गते जहदा तथा कटहरी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो । ग्रामथान गाउँपालिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुले गाउँपालिकामा बीमाको पहुँच बढाउनका लागि आगामी आर्थिक वर्षमा बीमा सम्बन्धी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले स्थानीय तहमा नै बीमा कम्पनीका शाखा कार्यालयहरु स्थापना गर्न आग्रह गरे ।
कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गर्नूभएको थियो भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ग्रामथान गाउँपालिकाका उपाध्यक्ष गुणावती देवी थारु, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
यसैगरी, जहदा गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले कृषकहरुले सहजरुपमा कृषि तथा पशुपन्छी बीमा गर्न पाउने तथा बीमा दाबी पनि सहजरुपले पाउने व्यवस्था गर्न र कोरोना बीमाको दाबी भुक्तानी यथाशीघ्र उपलब्ध गराउन आग्रह गरे ।
कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गरेका थिए, भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम संचालन एवम् स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
यस्तै, कटहरी गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जीवन बीमाका अभिकर्ता जस्तै कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको पनि गाउँपालिकामा सहज उपस्थिति हुनुपर्ने र दाबी भुक्तानी पनि सहजताका साथ समयमै पाउनुपर्ने बताए ।
कार्यक्रममा बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुती गरेका थिए, भने सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम संचालन एवम् स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कटहरी गाउँपालिकाका उपाध्यक्ष सीतादेवी राजबंशी, वडा अध्यक्ष तथा सदस्य, प्रमुख प्रशासकीय अधिकृत, इन्स्योरेन्स प्रोफेशनल सोसाइटी, विराटनगर र नेपाल इन्स्योरेन्स सर्भेयर संघ, विराटनगरका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधि, बीमा अभिकर्ता, कृषक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार