हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह
नेपालबहस संवाददाता
असार २३, २०७९ बिहिबार १७:२९:४२
२३ असार , काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्र्तगतको विश्व स्वास्थ्य समितिले हैजाबाट जोगिन व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरणमा ध्यान दिन आग्रह गरेको छ ।
पछिल्लो केही दिनयता राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा देखा परेको हैजा संक्रमणबारे आपत्कालिन बुलेटिन प्रकाशित गर्दै स्वास्थ्य समितिले यस्तो आग्रह गरेको हो ।
डाक्टरहरु सञ्जीव सापकोटा, सागर पौडेल, प्रभात अधिकारी, प्रकाश श्रेष्ठ र शिवप्रसाद श्रेष्ठको परामर्शमा तयार पारिएको स्वस्थ्य बुलेटिनमा हैजा अति संक्रामक झाडापखला भएको उल्लेख छ ।
संक्रामक व्यक्तिको दिशाबाट बाहरी वातावरण हुँदै खाना र पानीको माध्यमबाट स्वस्थ मानिसम रोग सर्ने भन्दै चिकित्सकहरुले व्यक्तिगत सरसफाइ र स्वच्छ वातावरण राख्न सबैले काम गर्नु पर्ने औंल्याएका छन् ।
‘हैजा भिब्रियो कोलेरा प्रजातीको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखला रोग हो,’ चिकित्सकहरुले भनेका छन्, ‘यो रोग सिमित व्यक्तिबाट दिसाको बाहिर वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट फैलिन्छ ।’
रोग संक्रमण पछि लक्षणका रुपमा पातालो चौलानी पानी जस्तो दिसा देखिने, वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने, पेट दुख्ने, ज्वरो आउने र असाध्यै तिर्खा लाग्ने हुने चिकित्सकहरुले बताएका छन् ।
आँखा गाडिनु, मुख जिब्रो, घाटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुने पनि बुलेटिनमा उल्लेख छ । यस्तै पिसाब पहेलो हुनु र पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनुलाई पनि कडा जलविजोजनको लक्षण मानिने उल्लेख छ ।
रोग संक्रमण नियन्त्रणका लागि व्यक्ति र समुदायबाटै काम गरिनु पर्ने भन्दै समितिको बुलेटिनमा वातावरणको बाहिरी सरसफाईमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।
शौचालयमा मात्रै दिशा पिसा गर्न, सहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्न, दिसा र पिसाव पछि राम्रोसँग मिचिमिचि साबुन पानीले हात धुन, खाना बानाउनु अघि साबुन पानीले हात धुन, पानी सधैं उमालेर, क्लेरिन झोल हालेर र फिल्टर गरेर मात्रै खान पनि समितिले सुझाएको छ ।
होटल तथा रेष्टुराँमा प्रयोग हुने पानीमा संक्रहमण हुन सक्ने भन्दै त्यसको सरसफाइमा विशेष ध्यान दिन पनि समितिले आग्रह गरेको छ । बासी, काँचो, सडेगलेको तथा झिंगा भन्केको खानेकुरा नखान समितिले विशेष अनुरोध गरेको छ ।
हैंजा नियन्त्रणका लागि व्यक्तिगत प्रयासका बाबजुत खोप अर्को प्रभावकारी उपाय भएको भन्दै खोपको दुवै मात्रा सुनिश्चितताका लागि पनि चिकित्सकहरुले अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार