‘वीर बलभद्र’मा नालापानी युद्धको कथा प्रकाशित
नेपालबहस संवाददाता
साउन ४, २०७९ बुधबार २२:९:९
४ साउन, काठमाडौं । कथालय इन्कले बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर बालजीवनी ‘वीर बलभद्र’ प्रकाशन गरेको छ । रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि राष्ट्रका लागि गरेको योगदान र वीरगति प्राप्त गर्दासम्मका घटना छन् ।
रोशन पोख्रेल भद्रपुर, झापामा जन्मेका हुन् । उनकाअरु बाल साहित्य र किशोर साहित्य गरी १५ वटा पुस्तक प्रकाशित छन् ।
यस पुस्तकमा बलभद्रको विवाह, पल्टनमा प्रवेशका साथै उनको कुटनीतिक क्षमता र वीरताको व्याख्यासँगै इतिहासका धेरै तथ्य बुझ्न कथा उपयोगी छ । भारतमा शासन गरेका अंग्रेज फौज कसरी नेपाल प्रवेश गर्न चाहे र त्यसलाई बलभद्र नेतृत्वको सैनिक टोलीले कसरी परास्त गर्यो, कथाको दृश्य वर्णन रोचक छ । जसलाई कथाअनुसारको चित्रले अर्थपूर्ण बनाएको छ ।
त्यसबेलाको विशाल नेपालमा अंग्रेजले किन आँखा गाडे रु पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्मको भूमि सुगौली सन्धिमार्फत कसरी गुमाउनुपर्यो रु कथाक्रम अघि बढ्दै जाँदा इतिहासका यस्ता यावत् प्रश्नहरूको जवाफ मिल्दै जान्छ । इतिहासका तिथिमिति र तथ्यहरूको जटिल प्रस्तुति पढ्दै आएका अभिभावकहरूका लागि पनि यो बाल जीवनी निकै सरल र छोटोमा धेरै कुरा बुझिने खालको छ । पुस्तकको आवरण चित्र रवीन्द्र मानन्धर र भित्रका चित्रहरू ध्रुव प्रजापतिले बनाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत
जेठ ३, २०८१ बिहिबार