विकास बैंकको लिडर हुने यात्रामा महालक्ष्मी विकास बैंक, कसरी भयो सफल ?
आर्थिक संवाददाता
साउन २५, २०७९ बुधबार १७:०:१८
२५ साउन, काठमाडाैं । आर्थिक वर्ष ०७७/७८ मा विकास बैंक मध्ये सबैभन्दा धेरै लाभांश दिन सफल महालक्ष्मी विकास बैंक व्यवसाय र वित्तीय रुपमा दिन प्रतिदिन बलियो हुँदैछ । आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २१ दशमलव ०५ प्रतिशत लाभांश दिएको बैंकले उक्त वर्ष लाभांशको मामलामा सबै विकास बैंकलाई जित्न सफल भएको थियो ।
हालै प्रकाशित आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास अनुसार बैंकको मुनाफामा पनि आक्रामक वृद्धि भएको छ । ४४ प्रतिशत माथि मुनाफा वृद्धि गर्न सफल यस बैंकले कर्जा प्रवाह र निक्षेप संकलन पनि आक्रामक रुपमा वृद्धि गर्न सफल भएको छ ।
चुक्ता पुँजीको तुलनामा खुद मुनाफा धेरै प्रतिशतले वृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानी पनि आकर्षक वृद्धि भएको छ । बैंकको निस्क्रिय कर्जा घट्नुलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ ।
यस बैंककाे संचालक समितिको अध्यक्षमा राजेश उपाध्याय रहेका छन् भने अन्य संचालकमा संजय गिरी, दीपक कुमार रौनियार, श्याम सुन्दर रुंगटा, रुपेन्द्र पौडेल र राहुल अग्रवाल कार्यरत छन् । त्यस्तै संचालक समितिमा स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठ कार्यरत छन् ।
बैंककाे प्रमुख कार्यकारी अधिकृतमा युवा तथा अनुभवी बैंकर बोधराज देवकोटा कार्यरत छन् । यस क्षेत्रमा दुई दशक भन्दा धेरै अनुभव भएका देवकोटाले महालक्ष्मी विकास बैंकलाई नयाँ उचाइमा पुर्याउन सफल भएका छन् । त्यस्तै दीपेश लम्साल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत, ध्रुवराज तिवारी नायब प्रमुख कार्यकारी अधिकृत र जलन कुमार अधिकारी सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।
डेपुटी सीईओ लम्साल बैंकका पुराना कर्मचारी हुन् । यूवा बैंकर उनको सक्रियता र विशेष मिहिनेतले बैंकको कर्जा असुली र व्यापार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । बैंकका स्टाफ, राष्ट्र बैंक तथा निजी क्षेत्रसँग रहेको लम्सालको सुमधुर सम्बन्धले बैंकले थप प्रगति गर्न सफल भएको हो ।
बैंकको सबैभन्दा ठूला शेयरधनीमा राजबहादुर सिंह रहेका छन् । राजबहादुर सिंहको बैंकमा २ दशमलव ७० प्रतिशत शेयर स्वामित्व रहेको छ भने दोश्रोमा सम्झना अर्यालको नाममा २ दशमलव ६२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा आकर्षक वृद्धि :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ६६ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ९५ करोड १९ लाख खुद मुनाफा पुर्याउन सफल भएको छ । खुद मुनाफामा करिब ४४ प्रतिशत माथिको वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा १८ प्रतिशत माथिको वृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा १८ प्रतिशत माथिको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ६० करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म १ अर्ब ८९ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।
वितरणयोग्य मुनाफा :
शेयरधनीको पक्षबाट हेर्दा वितरणयोग्य मुनाफालाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ । बैंकको वितरणयोग्य मुनाफा अहिले ५८ करोड ६१ लाख पुगेको छ । एक वर्ष अघि सो नाफा ५६ करोड ३८ लाख थियो । एक वर्षको अवधिमा वितरणयोग्य मुनाफामा करिव ४ प्रतिशतको वृद्धि देखिएको छ ।
संचालन मुनाफामा करिब ४६ प्रतिशतको वृद्धि :
संचालन मुनाफामा करिब ४६ प्रतिशतको वृद्धि हुँदै १ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संचालन मुनाफा ९२ करोड माथि थियो ।
प्रतिशेयर आम्दानीमा आकर्षक सुधार :
बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७५ पैसाबाट बढेर २३ रुपैयाँ ७३ पैसा पुगेको छ । खुद मुनाफामा आकर्षक वृद्धिको कारण २० प्रतिशत बोनस शेयरमार्फत चुक्ता पुँजी वृद्धि गर्दा समेत बैंकको प्रतिशेयर आम्दानी आकर्षक रुपमा वृद्धि भएको छ ।
निक्षेप र कर्जा प्रवाह :
असार मसान्तसम्म बैंकले ४२ अर्ब ३७ करोड निक्षेप संकलन गरी ३५ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ। एक वर्षको अवधिमा निक्षेप संकलन करिब १० प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह भने करिब १७ प्रतिशतले वृद्धि भएको छ ।
शेयरधनी पूँजीकोषमा १५ प्रतिशतको वृद्धि :
अघिल्लो आर्थिक वर्षमा शेयरधनी पूँजी कोष ५ अर्ब ५७ करोड रहेकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा शेयरधनी पूँजी कोष ६ अर्ब ४२ करोड छ । यसरी एक वर्षको अवधिमा शेयरधनी पूँजीकोष १५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आवमा २० प्रतिशत बोनस शेयर दिएर ४ अर्ब १ करोड ८ लाख चुक्ता पूँजी पुयाएको छ ।
जगेडा कोष १९ प्रतिशतले बढ्यो :
एक वर्षको अवधिमा बैंकको जगेडा कोष रकम १९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष १ अर्ब ५३ करोड रहेको जगेडा गत आवमा १ अर्ब ८२ करोड पुगेको छ ।
किताबी मूल्य :
बैंकको प्रतिशेयर नेट्वर्थ (किताबी मूल्य) १६० रुपैयाँ ०९ पैसा छ ।
खराब कर्जा घट्दै :
बैंकको खराब कर्जा २ दशमलव ४३ प्रतिशत छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ दशमलव ८० प्रतिशत रहेको खराब कर्जा अहिले घटेको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार