भष्ट्रचार र महङ्गीबिरुद्ध एमाले सडकमा
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार १८:२३:१०
२६ साउन, स्याङ्जा । नेपालको प्रतिपक्षीदल नेकपा एमाले सरकारले गरेको भष्ट्रचार र महङ्गी बिरुद्ध सडक आन्दोलन शुरु गरेको छ । गण्डकी प्रदेशका सबै स्थानीयतहका मुख्य बजारमा पालिका कमिटीको आयोजनामा बिरोधसभा सुरु गरेको हो ।
गठबन्धन सरकारले देश र प्रदेशमा भष्ट्रचार र महङ्गी बढाएको आरोप लगाउदै प्रतिपक्षीदल नेकपा एमालेले सडक आन्दोलनबाट बिरोध शुभारम्भ गरेको जनाएको छ । नेकपा एमालेको गण्डकी प्रदेश कमिटीको निर्देशन अनुसार नेकपा एमाले स्याङ्जाले पनि जिल्लाका ११ ओटै पालिकाका मुख्य बजारमा बिरोधका कार्यक्रम सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश सरकारले जनताको भावना विपरीत मालपोत र सवारीकरमा लगाईको बृद्धिले प्रदेशका नागरिक मारमा परेको भन्दै सडक आन्दोलन गर्नुपरेको एमाले जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रेले बताए । जिल्लाका ११ ओटै पालिकाको आयोजनामा बिरोधका कार्यक्रम भएको उनले बताए ।
‘अति बढ्यो महङ्गी र भष्ट्रचार, जनतामारा गठबन्धन यो सरकार’ भन्ने नारा सहित हातहातमा सरकारले गरेका विभिन्न निर्णयहरु फिर्ता गर भन्ने नेमप्लेट बोकेर कार्यकर्ताहरु बिरोध कार्यक्रममा सहभागी भएका थिए । मुख्यमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री राजीनामा दे, मालपोत र सवारीमा बृद्धि गरिएको कर फिर्ता गर, राष्ट्रघाती नागरिक विद्ययेक फिर्ता गर, भष्ट्रचारी गठबन्धनको अन्त्य गरौ जस्ता नारा बिरोधसभामा लगाईएको थियो ।
गठबन्धन सरकारका कारण नेपाली जनता चर्को महङ्गीको मारमा परेको भन्दै हरेक बिषयमा भएको मुल्यबृद्धि गर्नुपर्ने माग नेकपा एमाले स्याङ्जाले राखेको छ । यो सांकेतिक बिरोधसभा मात्रै हो वालिङको विरोधसभामा सम्वोधन गर्दै एमाले सचिव डुम्रेले भने,‘मुलुकको राजनीतिलाई भागबण्डाको आधारमा संचालन गर्न पाइदैन ।’
नेतामुखी राजनीति होइन, जनमुखी राजनीति आजको आवश्यकता हो उनले भने । जनताले लडेर ल्याएको गणतन्त्रलाई सिध्याउने खेलमा गठबन्धन सरकार लागेको भन्दै यसको भण्डाफोर गर्नु जरुरी रहेको उनको भनाई थियो । नेकपा एमालेले भष्ट्रचार र महङ्गी बिरुद्ध पालिका, प्रदेश, क्षेत्र हुदै जिल्लास्तरीय कार्यक्रम गर्ने जनाएको छ ।
सरकार जनताको आवश्यकता भन्दा पनि नेता र पार्टीको व्यवस्थापनमा भुलेको आरोप एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रेले लगाएका छन् । बिरुवा गाँउपालिकाले आयोजना गरेको बिरोधसभामा बोल्दै अध्यक्ष गैह्रेले गठबन्धन सरकार विरुद्ध जनता जाग्ने बेला आएको बताए ।
जिल्लाका हरेक पालिकामा सयौको संख्यामा एमालेका अगुवा कार्यकर्ताहरु केन्द्रीय र गण्डकी प्रदेश सरकार विरुद्ध सडकमा आएको दावी एमाले स्याङ्जाले गरेको छ । गण्डकी प्रदेश सरकारले करमा बृद्धि गरेको बिरोधमा नेपाली काँग्रेस गण्डकी प्रदेशले पनि बिरोध जनाएको छ भने यातायात व्यवसायीहरुले सवारी कर फिर्ता गर्न आन्दोलन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित
बैशाख १७, २०८१ सोमबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
परिवारबीचकाे झैझगडाले तीन वर्षीया बालिकाको हत्या, आमाछोरी पक्राउ
बैशाख १७, २०८१ सोमबार
घुम्ती गोठका भेडाका बथान
बैशाख १७, २०८१ सोमबार
दूधकोसी नदी किनारमा जिप खस्दा एक जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
गर्मी मौसममा दिनहुँ चिसो पेय पदार्थ पिउनुहुन्छ ? तुरुन्त बानी सुधार्नुहोस्
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य
बैशाख १७, २०८१ सोमबार
टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान
बैशाख १७, २०८१ सोमबार