बालबालिकालाई सचेत गराउने पुस्तक ‘नचिनेको मान्छेसँग जाँदिनँ’ प्रकाशित
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार २३:१३:४
३१ साउन, काठमाडौं । अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन भनेर चेतना जगाउने बाल चित्रपुस्तक कथालय इन्कले प्रकाशन गरेको छ । ‘नचिनेको मान्छेसँग जाँदिनँ’ चित्रकथाकी लेखक डाग्मा ग्याइस्लर हुन् । यो कथामा उनी आफैले चित्र बनाएकी छन् । जर्मनी लेखक ग्याइस्लरको यो कथालाई नेपालीमा कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले अनुवाद गरेकी हुन् ।
यो साराको कथा हो । उनलाई आमाबाबाले चिनेका मान्छेको मात्रै विश्वास गर्नु भनेका हुन्छन् । एक दिन स्कुल छुट्टी भएपछि उनी कसैकोपर्खाइमा हुन्छिन् । विभिन्न महिलारपुरुषहरू सारालाई ‘आऊ म घर पुर्याइदिन्छु’ भनेर आग्रह गर्छन् तर उनी मान्दिनन् । छिमेककै काकीसँग पनि उनी जान मान्दिनन् बरु भिजेरै बस्छिन् । किनभने साराका आमाबाबाले केही मानिसको सूची बनाएका छन् ।
सूचीमा भएका मानिसले मात्रै सारालाई स्कुल छुट्टी भएपछि घर लिएर जान सक्छन् । उनलाई फकाउने मानिसहरूबारे साराको मनमा के खेल्छ ? के सारालाई लिन सूचीमा भएकै मान्छे आउलान् कि ? यस्तै जिज्ञासाले भरिएको तथासूचनामुलक कथा निकै रोचक छ । बालबालिकामा आत्मविश्वास जगाउनुका साथै यो कथाले बालमनोविज्ञानलाई पनि कलात्मक ढंगले समेटेको छ ।
लेखक तथा चित्रकार ग्याइस्लरको जन्म १९५८ मा भएको हो । १९८४ मा स्नातक सकेर उनले विभिन्न प्रकाशन गृहमा ग्राफिक डिजाइननिङ र चित्रकारको रूपमा काम गरिन् । १९८७ मा आफ्नो पहिलो बाल पुस्तकमा चित्र बनाएकी उनी हालसम्म बाल पुस्तकका साथै कमिकमा पनि चित्रकारका रूपमा सक्रिय छिन् ।
उनका सचित्र पुस्तकले संवेदनशील मुद्दाको पनि उठान गर्छन्, जस्तो ‘नचिनेको मान्छेसँग जाँदिनँ’ । यसका साथै शैक्षिक चेतना र उत्साहलाई पनि उनले आफ्ना कथामा जोड दिन्छिन् । उनको ‘माई बडी बिलङ्स टु मी फ्रम माई हेड टु टोज’ र ‘माई फिलिङ्स एन्ड मी’ ले जर्मन मेडिकल वुमन्स एसोसिएसनबाट सिल्भर फेदर चिल्ड्रेन्स बुक पुरस्कार प्राप्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार