नेपालमा १४ वर्षमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार २३:१२:३७
१ भदौ, काठमाडौं । बितेको १४ वर्षमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन् । वैदेशिक रोजगार वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्मको अवधिमा उनीहरु रोजगारी खोज्दै विदेशी भूमीमा पुगेका हुन् । यो संख्या पुनः श्रम स्वीकृति लिने बाहेकको हो ।
वैदेशिक रोजगारीमा जानेमध्ये ४७ लाख १४ हजार ५९१ जना पुरुष र २ लाख ८६ हजार २४२ जना महिला रहेका छन् ।गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वोर्डले जनाएको छ । गत वर्ष ६ लाख ३० हजार ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।
वोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९६५, २०६६र६७ मा २ लाख ९४ हजार ९४, २०६७/६८ मा ३ लाख ५४ हजार ७१६, २०६८/६९ मा ३ लाख ८४ हजार ६६५, २०६९/७० मा ४ लाख ५० हजार ८८९ र २०७०/७१ मा ५ लाख २७ हजार ८१९ जना वैदैशिक रोजगारीमा गएका थिए ।
यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ४ लाख ९९ हजार १०२, २०७२/७३ मा ४ लाख ३ हजार १७४, २०७३/७४ मा ३ लाख ८३ हजार ४९३, २०७४/७५ मा ३ लाख ५४ हजार ८२, २०७५/७६ मा २ लाख ३६ हजार २०८, २०७६/७७ मा १ लाख ९० हजार ४५३ र २०७७/७८ मा ७२ हजार ८१ जना वैदेशिक रोजगारीमा गएको देखिन्छ ।
८४।६६ खर्ब रेमिट्यान्स भित्रियो
बितेको १४ वर्षमा वैदेशिक रोजगारीमा गएकाहरुबाट नेपालमा ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको वोर्डले जनाएको छ ।
वोर्डका अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब रुपैयाँ, २०६६/६७ मा २ खर्ब ३१ अर्ब रुपैयाँ, २०६७/६८ मा २ खर्ब ५३ अर्ब रुपैयाँ, २०६८/६९ मा ३ खर्ब ५९ अर्ब रुपैयाँ, २०६९/७० मा ४ खर्ब ३४ अर्ब रुपैयाँ, २०७०/७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१/७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३/७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ, २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ, २०७५/७६ मा ८ खर्ब ७९अर्ब रुपैयाँ, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ र २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
करिव ११ हजारले गुमाए ज्यान
पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको उतै मृत्यु भएको छ । सबैभन्दा बढी नेपाली कामदारको विदेशी भूमीमा मृत्यु गत आर्थिक वर्ष २०७८/७९ भएको थियो । सो वर्ष वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ४७९ जनाको मृत्यु भएको वोर्डले जनाएको छ ।
वोर्डका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये आर्थिक वर्ष २०६५/६६ मा ७८, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा १ हजार ६, २०७२/७३ मा ८२६, २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२ र २०७७/७८ मा १ हजार २४३ जनाको मृत्यु भएको छ ।
वोर्डका अनुसार पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न दुर्घटनाहरुमा परी अंगभंग हुनेको संख्या २ हजार १२५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
पार्टी विभाजनबारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै
बैशाख २६, २०८१ बुधबार
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नुहँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
कालीकोटका किसानलाई गोठालो भत्ता !
बैशाख २६, २०८१ बुधबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी कर्णेल पक्राउ
बैशाख २६, २०८१ बुधबार