जलवायु परिवर्तनको असर कम गर्न निजी क्षेत्रको पहुँच बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार २३:४२:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/chhhahha_BSRXrbnm6z.jpg)
९ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु परिवर्तनको असर कम गर्न ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच बढाई जलविद्युत आयोजना विकास तथा प्रसारण लाइन निर्माण गर्न सहजीकरण गर्नुपर्ने बताएका छन्।
मंगलबारदेखि थाइलेण्डको राजधानी बैंककमा संयुक्त राष्ट्र संघद्वारा आयोजित ४ दिने राष्ट्रिय कार्यशालाअन्तर्गत जलवायु परिवर्तन र एलडीसी ग्राजुएसनसम्बन्धी प्राविधिक सत्रमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले विश्वले सामना गरिरहेको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न ग्रिन क्लाइमेट फण्डमार्फत जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहुलियतपूर्ण लगानी जुटाउन सहयोग गर्नुपर्ने बताए ।
ढकालले नेपालको जलविद्युत उत्पादन बढाउदै अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी नेपालदेखि बंगलादेशसम्म जलविद्युत निर्यातको काम भइरहेको बताउदै यसलाई थप विस्तार गर्दै दक्षिण एशियाभर विस्तार गर्न सकिने बताए।
“हामीले अहिले नेपालको जलविद्युतलाई क्रसबोर्डर प्रसारण लाइन निर्माण गरी भारत र बंगलादेशसम्म निर्यात गरिरहेका छौं । ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँचलाई थप सहजीकरण गर्दै लगानी जुटाउन सकेमा यसलाई थप विकास र विस्तार गरी दक्षिण एशियामा समेत विस्तार गर्न सकिन्छ,” उनले भने ।
नविन प्रविधिको विकास तथा विस्तारमा निजी क्षेत्रको अहम् भूमिका रहने बताउदै ढकालले सहुलियत दरमा कोषबाट लगानी उपलब्ध गराउन सकेमा यसलाई सदुपयोग गर्दै जलवायु परिवर्तन समस्याको समाधान निकाल्न निजी क्षेत्र सक्षम रहेको समेत उल्लेख गरे । उनले जलविद्युत आयोजनाको विकास तथा प्रसारण लाइनको निर्माणबाट साना तथा मझौला व्यवसायले फाइदा लिन सक्ने बताए ।
“अहिले साना तथा मझौला व्यवसायहरु जलवायु परिवर्तनको मारमा परेका छन् । यदि ग्रिन क्लाइमेट फण्डलाई सहुलियत रुपमा जलविद्युत आयोजनाको विकास तथा प्रसारण लाइन निर्माणमा प्रयोग गर्न सकेमा यसबाट जलवायु परिवर्तनको असर कम गर्दै ती साना तथा मझौला व्यवसायलाई पनि संरक्षण गर्न सकिन्छ,” उनले भने ।
उनले ग्रिन क्लाइमेट फण्डमा निजी क्षेत्रको पहुँच पु¥याउन सकेमा जलविद्युत उत्पादन तथा प्रसारण लाइनमात्र नभई यसबाट आन्तरिक रुपमा विद्युतको प्रयोगबाट सञ्चालन गर्न सकिने केबलकार तथा अन्य वातावरणमैत्री उद्योग व्यवसायको सञ्चालन र विकास गर्न सहयोग पुग्ने अपेक्षा समेत गरे ।
उनले जलवायु परिवर्तन विश्वको अहिलेको सबैभन्दा ठूलो चुनौती बन्दै गरेको अवस्थामा निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न् संयुक्त राष्ट्र संघ, सरकार तथा अन्य गैर सरकारी संघसंस्थाहरुलाई आग्रह गरे । कार्यशालामा नेपालको तर्फबाट राष्ट्रिय योजना आयोगका सचिब केबलप्रसाद भण्डारीको नेतृत्वमा नेपाल सरकार, निजी क्षेत्र तथा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमजदुर आन्दोलन, देशभर पेट्रोलियम पदार्थको वितरण ठप्प
असार २, २०८१ आइतबार
अन्योलमा पर्यो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार