आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक सेवाबीच सम्झौता
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार २०:३७:४
२३ भदाै, काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक (Cimex Inc.-BYD) का सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका छन् ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट BYD ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहक कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंक (Cimex Inc.-BYD) को सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ ।
साइमेक्स इंकबाट बिक्री वितरण हुने ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाटनगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको छ ।
कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्नेभएमासाइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लागिने मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।
यसरी सहज र सरल रुपमासवारी धनीहरुले नगद रहित दावी सेवा प्राप्त गर्न सक्नु हुने हुनाले बीमा गर्दा र दावी पर्दा सहज सेवा प्रदान गर्नेगरी दुवै कम्पनीबीच सेवा सम्झौता भएको बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
वित्तीय कारोबारमा कसूर देखिएको भन्दै चार बाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही
बैशाख २०, २०८१ बिहिबार
कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक
बैशाख २०, २०८१ बिहिबार
मैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार