गठबन्धन उल्झनको फाइदा एमालेलाई, प्रत्यक्षमै ४५ सीटको हिसाब
कुसुम सेञ्चुरी
भदौ २४, २०७९ शुक्रबार १५:६:१५
२४ भदौ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ । आयोगले निर्वाचनको कार्यक्रम सार्वजनिक गरिरहँदा सत्ता गठबन्धन दलहरुले अझै सीट बाँडफाँड गर्न सकेका छैनन । मंसिर ४ गतेको प्रतिनिधिसभा चुनावमा दलहरुले जित्ने आ–आफ्नै रणनीति बनाइरहेका छन् । कांग्रेससहितको पाँच दलीय गठबन्धनले एकातिर बहुमत ल्याउने दाबी गरिरहेको छ भने अर्काेतिर नेकपा एमालेले पनि देशको पहिलो दल बन्ने दाबी गरेको छ ।
अहिले संसदका सबैभन्दा ठूलो दल रहेको एमाले सत्ता गठबन्धनसँग करिब करिब एक्लै भिड्दैछ । सत्तारुढ गठबन्धनले एमालेलाई ‘क्लिन स्वीप’ गराउने योजनासहित प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ क्षेत्र बाँडफाँट गर्ने भने पनि उनीहरु आफैमा अल्झिरहेका छन् । एमालेले आफू धेरै सिटमा जित्ने रणनीति बनाउन केन्द्रीत भएको छ ।
एमालेको आन्तरिक मूल्यांकन त्यतिधेरै कमजोर देखिदैन । आन्तरिक रुपमा गरिएको सर्वेक्षणले एमाले दोस्रो पार्टीबाट नतल ओर्लन नसक्ने आँकल गरेको छ । ०७४को प्रतिनिधि सभा, बैशाख ३० को स्थानीय चुनावमा वडागत आधारमा प्राप्त मतको विश्लेषण गर्दा एमालेले प्रत्यक्ष र समानुपातिक गरेर करिब करिब ८४ सीट भन्दा माथिको आँकलन गरिरहेको छ ।
चुनावमा एक्ला एक्लै उठेको स्थानीय तहमा एमालेले २४ प्रतिशत जितेको अवस्थामा संघीय संसदको निर्वाचमा एमालेविरुद्ध गठबन्धन भएपनि प्रत्यक्षतर्फ करिब ४५ सीटको अनुमान गरिरहेको छ । यसरी हेर्दा तालमेलसहित उम्मेदवारी दिएको स्थानीय तहमा ३१ प्रतिशत जितेको छ । पाँच दलीय गठबन्धनको पूर्ण गठबन्धन भएका स्थानीय तहमा एमाले एक्लैले ४१ प्रतिशत जिते निकालेको र गठबन्धन पनि त्यति धारिलो नभएको बेला यस्तो आँकलन गरेको हो ।
३० बैशाखमा सकिएको स्थानीय चुनावमा एमालेले २०६ पालिकाको प्रमुख जितेको थियो । स्थानीय तहमा उम्मेदवार चयनमा कमजोरी भएको, विधि र प्रक्रिया नमिलाएको र अध्ययन विश्लेषण नगरेर उम्मेदवार बनाइएकोले कतिपय तह हारेको एमालेको विश्लेषण छ । स्थानीय चुनावमा गठबन्धन वा तालमेल गर्ने अधिकार जिल्ला र पालिका कमिटीलाई दिएको थियो । रोल्पा, रुकुम, भोजपुर, खोटाङ लगायतका केही जिल्लामा गठबन्धनकै केही दलसँग तालमेल भयो । एमालेको अहिले पार्टी सदस्य संख्या ९ लाख छ । तिनीहरु प्रत्येकले २ जना मात्र सदस्य बनाउँदा १८ लाख पुग्छ । त्यो १८ लाखले पाँच जना मतदाता रिझाउँदा ९० लाख मत सुरक्षित हुने एमालेको आँकलन छ ।
पार्टी अध्यक्ष केपी ओलीलाई आगामी सरकारको प्रधानमन्त्री घोषणा गरेरै एमाले चुनावमा होमिएको छ । यसपटक ९ लाख पार्टी सदस्यबाट कम्तीमा २ जना सदस्य बनाउने अभियान थालेपनि एमालेभित्र आएको निराशाले पार्टीलाई घाटा पुर्याउने विषयमा पनि नेताहरु सजग रहेको बताउदै आएका छन् । यद्यपि सरकारको अलोकप्रिय कामले माहोल बढ्दै गएको एमालेको ठहर छ । नेकपा एकीकृत समाजवादीबाट एमाले फर्कनेको लर्काेले एमालेप्रति आकर्षण बढ्न थालेको एमालेका नेताहरु बताउँछन् ।
एमालेले निर्वाचन क्षेत्रगत आधारमा आन्तरिक सर्वेक्षण गर्दा प्रतिस्पर्धा भए पनि सजिलै जित्ने क्षेत्रमा अन्र्तगत बागमती प्रदेश, गण्डकी, प्रदेश १ र लुम्बिनीका केही क्षेत्र जित्ने एमालेको आँकलन छ । सोझै जित्ने, प्रतिस्पर्धी नै नभएको क्षेत्रमा यस अन्तरगत प्रदेश १ का झापा, खोटाङ, पाँचथर, लुम्बिनीका केही र सुदुर पश्चिमका केही क्षेत्र रहेको आन्तरिक सर्वेक्षण रहेको छ ।
प्रदेशगत आधारमा पनि एमालेले निर्वाचन क्षेत्रको एक चरण विश्लेषण गरिसकेको छ । जसअनुसार बागमती प्रदेशमा १० भन्दा बढी जित्न सकिने र अन्य प्रदेशमा ३० बाट बढाउन सकिने नेताहरुले दावी गरेका छन् । प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भएर आइसकेको अवस्थामा उम्मेदवारको आन्तरिक मूल्यांकन गरेर टिकट वितरण गर्ने एमाले स्रोतको दावी छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार