चीनको बामपन्थी रोडम्यापले सत्ता गठबन्धनमा तनाव, कांग्रेसलाई एक्ल्याउने रणनीति
केदार भट्टराई (काका)
भदौ २४, २०७९ शुक्रबार १८:१८:५५
२४ भदौ,काठमाडौं । निर्वाचनको मिति घोषणासँगै चीनले नेपालका बामपन्थी दलहरुमा रोडम्यापसहितको दवाव बढाएपछि त्यसको प्रभाव सत्ता गठबन्धनमा देखिएको छ । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आफुले मागेजति सीट नपाए कांग्रेस नेतृत्वको गठबन्धनमा बस्नुको अर्थ नरहनेतर्फ बढी केन्द्रित हुन थालेका छन् ।
एकमहिना अघिदेखि सीट बाँडफँडमा जुटेका दलहरु अहिलेसम्म सहमतिमा पुगेका छैनन् । उनीहरुले डेढ साता अगाडि नै सीट बाँडफाँडमा सहमित भइसकेको र घोषणा गर्न मात्र बाँकी रहेको बताउँदै आएका थिए । तर, त्यस लगत्तै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै आफुले मागेको संख्यामा सीट नपाए अर्को गठबन्धन बनाएर चुनावमा जाने बताएका थिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत कांग्रेस नेतृत्वकाे गठबन्धनमा रहेरै पनि माधव नेपाल नेतृत्वको नेकपा एससँग गठबन्धन गरी एउटै घोषणपत्र बनाएर पार्टी एकताका लागि प्रयास भइरहेको बताएका थिए । भदौ १० भन्दा पछि यी दुवै नेताहरुले सत्ता गठबन्धन कायम रहने विषयमा पटकपटक भनाइहरु फेर्दै आएका छन् । भारत भ्रमण सकेर प्रचण्ड फर्किएलगत्तै चिनियाँ राजदुतले भेटेर ओलीसंँग नमिले पनि माधव नेपाल समूहसँग एकता गरेर अगाडि जान चीनको सुझाव रहेको बताएको कुरा पनि उनी आफैले खेलेका थिए ।
उता, नेकपा एमालेका अध्यक्ष केपी ओलीले भित्री रुपमा बाम तालमेलको प्रयासमा लागेको देखाएका छन् । उनलाई बाम तालमेल भन्दा प्रचण्ड र माधवलाई कांग्रेसबाट जसरी पनि अलग गर्नुछ । कांग्रेससँगको गठबन्धनबाट उनीहरुलाई अलग गरेको खण्डमा एमाले एक्लैले एकल सरकार बनाउन हैसियत राख्ने ओलीको बुझाइ छ । प्रचण्ड र माधव अलग भएमा निर्वाचनमा उनीहरु पत्तासाफ हुने र चुनावपछि दुवै पार्टीका धेरै जसो नेता कार्यकता एमालेमा आउने रणनीति अन्तर्गत नै उनले बाम तालमेलको अस्त्र फालेको बुझ्न कठिन छैन् ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम एकता सम्भव नभएपनि बामपन्थी जतिलाई तालमेल गराएर चुनावमा लाने रोडम्यापसहित चीनका एक उच्च अधिकारी भदौ २७ मा नेपाल आउँदैछन् । उनको नेपाल भ्रमणको मूल उदेश्य नै कांग्रेस नेतृत्वको गठबन्धनलाई भत्काएर बामपन्थी दलहरुको गठबन्धन बनाउनु रहेको चीन मामिलासम्बन्धी जानकारहरु बताउँछन् ।
नेपाल आउने तयारीमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमण पक्का भएपछि गठबन्धनमा प्रचण्ड र नेपालका भनाइहरु फरिन थालेका छन् । लीको भ्रमण तय भएपछि नेकपा माओवादी र नेकपा एसबीच एउटै घोषणापत्र र पार्टी एकतासम्मका विषयहरु बाहिर आएका हुन् ।
चीनले पटकपटकको प्रयासमा पनि नेकपा एमालेसँग माओवादी र नेकपा एसलाई मिलाउन नसकेपछि यी दुई दलबीचमा एकता गराउने प्रयासमा चिनियाँ नेताहरु लागेको जानकारहरु बताउँछन् । पछिल्लो समयमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेका दलहरु मिलेर चुनावमा गए एमालेको हैसियत तेस्रोमा पुग्ने सम्भावना देखोपछि अध्यक्ष ओली आगामी निर्वाचनपछि सरकार बनाउने गरी माओवादी र नेकपा एससँग तालमेल गर्न सक्ने रणनीतिमा पुगेका छन् ।
ओलीले यति लचकता देखाएकाले पनि कांग्रेससँग भनेजति सीटमा कुरा नमिले ओलीसँग गएर मिल्ने सकिने आँट प्रचण्ड र नेपालमा पलाएको छ । चिनियाँ जनकांग्रेसका अध्यक्ष ली पनि यही उदेश्य बोकेर नेपाल आउँदैछन् । उनका लागि बामपन्थीहरुसँग छलफल गर्न छुट्टै व्यवस्थासमेत मिलाइएको छ । अन्ततः २०७४ कै अवस्था आउन सक्ने सम्भावित सूचना पाएकै कारण कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापालगायतका नेताहरुले तालमेल गर्दा १०० सीट भन्दा तल आए कांग्रेस एक्लै चुनावमा जान तयार हुनपर्ने बताउँदै आएका छन् ।
राजनीतिक विश्लेषकहरुका अनुसार नेकपा एमालेलाई अरुभन्दा ठूलो पार्टी बन्नकै लागि पनि कांग्रेसलाई एक्लाउनुपर्छ । कांग्रेस एक्लै भएको खण्डमा बाम शक्ति मिल्ने र यसबाट ओलीले एमालेलाई पहिलो पार्टी बनाउन सक्ने उनीहरु बताउँछन् । यसो गर्दा पनि यसपटक एमालेलाई एकल सरकार बनाउने मत प्राप्त हुन कठिन रहेको तर्क गर्नेहरु पनि धरै छन् ।
गठबन्धन टुटेर कांग्रेस एक्लै चुनावमा जाँदा दोस्रो पार्टी बन्ने भएकाले अरु दलसँग मिलेर फेरी सरकार बनाउने अवस्था भने रहने विश्लेषकहरुको अनुमान छ । तर, यी राजनीतिक परिदृष्य चिनियाँ जनकंग्रेसका नेता नेपाल भ्रमण सकेर फर्किएपछि हुने उतावचढावले मात्रै देखाउने उनीहरु बताउँछन् ।
चीनले बदलिँदो भूराजनीतिक अवस्थाका कारण पनि नेपालमा बामपन्थीहरुकै सत्ता चाहिरहेको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको आगामी सोमबारदेखि हुने चारदिने उच्चस्तरीय औपचारिक नेपाल भ्रमण पनि यही विषयलाई उच्च प्राथमिकतामा राखेको हुँदैछ । भूराजनीतिक प्रतिस्पर्धाकै कारण चीनबाट नेपालमा एकपछि अर्को उच्च तहका भ्रमण भइरहेको विज्ञको बुझाइ छ ।
अध्यक्ष लीको नेपाल भ्रमण चीनको राष्ट्रिय सुरक्षा र एउटै विचार समूहमा रहेका कम्युनिस्ट पार्टीहरूबीचको सहकार्य मुख्य एजेन्डा रहेको भूराजनीतिक जानकारहरू बताउँछन् । उनीहरूका अनुसार लीको भ्रमणका दौरान चीनमा अर्को महिना हुने चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं जनकंग्रेसका विषयमा पनि विचार आदानप्रदान हुनेछ ।
लीको भ्रमण नेपाल र नेपालका बामपन्थीलाई रोडम्याप बनाएर अघि बढाउन खोजेको देखिन्छ । उनीहरूको आइडीयोलोजी एउटै भएकाले नेपालमा निर्वाचनको माहोललाई हेरेर थप कदम अगाडि बढाउने चीनको तयारी देखिन्छ । भारतीय पक्षबाट उच्च तहको भ्रमण भएको देखिन्न तर चीनबाट निर्वाचन अघि हुन लागेको उच्च तहको भ्रमण अर्थपूर्ण छ । चीनबाट लगातार रूपमा भइरहेका भ्रमणले अब नेपालमा बामशक्तिहरु एक हुनुपर्ने सन्देश दिइरहेको छ ।
बाम नेताहरुसँग संघीय संसद सचिवालयले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अध्यक्ष लीसँगको भेटवार्ताका लागि तयारी गरिरहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा र प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा लीको भेटवार्ता हुनेछ । अन्य सबै भेटवार्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा हुनेछ । यो भवन चीनकै सहयोगमा निर्माण भएको हो ।
नेपाल ओर्लिएलगत्तै लीले सभामुख सापकोटासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भोलिपल्ट भदौ २८ मा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यही दिन लीले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेट्ने छन् । अध्यक्ष लीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि सोही दिन भेटेर बामपन्थी एकताको रोडम्यापबारे छलफल गर्ने छन् ।
चीनले यसरी नेपालका बामपन्थीहरुमाथि खेलिरहेका बेला कांग्रेस नेतत्वमा सत्ता गठबन्धन छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका लागि अध्यक्ष लीको भ्रमण गठबन्धन भत्काउन सबैभन्दा सजिलो बाटाे हुनसक्छ । ओलीले यसका लागि पोलिटव्यूरोका नेताहरुलाई खटाइसकेका छन् । गठबन्धन भत्काएर माओवादी र नेकपा एसलाई कांग्रेसबाट अलग गरेपछि पनि आलीले उनीहरुलाई सहजै स्थान दिने सम्भावना कम रहेको नेताहरुको भनाई छ । प्रचण्ड र नेपाललाई कांग्रेसबाट अगल गराउने र एमालेमा पनि स्थान नदिने रणनीति पनि ओलीले अगाडी सारेको बताइन्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार