चारपुस्तासम्म एउटै मान्छेलाई भोट हाल्नुपर्ने कस्तो लोकतन्त्र हो ? कांग्रेस यूवा नेता घिमिरे
नेपालबहस संवाददाता
भदौ २५, २०७९ शनिबार २१:३५:३१
विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा लागेका युवा नेता गुरुराज घिमिरे यतिबेला नेपाली कांग्रेसका केन्द्रीय स्तरमा रहेका युवा नेतामध्ये प्रखर र इमान्दार नेताको रुपमा परिचित छन् । घिमिरे मोरङ स्थायी बासिन्दा मात्र नभएर सो क्षेत्रकै आशातित नेता पनि हुन् । उनी नेविसंघको केन्द्रीय अध्यक्ष र नेपाली कांग्रेसको दुईपटक केन्द्रीय सदस्यसमेत भइसकेका छन् ।
कांग्रेसका हालका महामन्त्री गगन थापा नेविसंघको महामन्त्री हुँदा घिमिरे सो संगठनकोे अध्यक्ष रहेका थिए । इमानदार, निष्ठावान, प्रखरवक्ता र बौद्धिक व्यत्तित्व भएका घिमिरे शालिन नेता र स्पष्ठवक्ताका रुपमा चिनिन्छन् । पार्टीलाई आवश्यक पर्दा पटक–पटक महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनी कांग्रेसका थोरै विचारवान नेता मध्येमा गनिन्छन् ।
विद्यार्थीकालदेखि नै गरीब, निमुखा, उत्पीडित र आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने घिमिरे हक्की स्वभावको नेता मानिन्छन् । समकालीन र धेरै जुनियर नेताहरु सांसद र मन्त्री भैसक्दा पनि घिमिरेले पार्टीबाट त्यो अवसर पाउन सकेका छैनन् । सबै केन्द्रीय सदस्यहरुले ०७४ को आमनिर्वाचनमा टिकट पाउँदा नेता घिमिरेले टिकट पाएनन् । उनीमाथि घोर अन्याय हुँदाको बेला घिमिरेले आफूमाथि राजनीतिक हिंसा भएको बताएका थिए ।
यसपटक मोरङ ४ बाट संघीय सांसदको चुनाव लड्ने तयारी गरिरहेका उनी प्रदेश सदस्यको उम्मेदवारका लागि पनि सिफारिस भएका छन् । प्रदेश १ का संम्भावित मुख्यमन्त्रीका रूपमा पनि हेरिएका उनी कांग्रेसकाे प्रदेश सभापतिका प्रत्यासी पनि हुन् । उनै बौद्धिक एवं प्रखरवक्ता घिमिरेसँग आमनिर्वाचनमा केन्द्रित रहेर नेपालबहसका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश:
नेपाली कांग्रेस एक्लै चुनाव लड्न किन तयार भएन ?
मेरो भनाई त गत स्थानीय निर्वाचनदेखि नै नेपाली कांग्रेस एक्लै चुनाव लड्नुपर्ने थियो । तर त्यसको चाँजोपाँजो सुरुदेखि बिग्रियो । सुरुदेखि बिग्रिएपछि अहिले आएर जारी प्रक्रियालाई खलबल्यायो भने झन् बिग्रिन्छ । त्यसकारण पनि अब गठबन्धनको विकल्पमा जाने अवस्था छैन।
सबै दलहरुलाई एक्लै चुनाव लड्न डर लाग्ने, अनि गठबन्धन गरेर जाने प्रवृत्ति एकदमै नराम्रो हो । यसले नेपालको बहुदलीय व्यवस्था र संसदीय परम्परामा नराम्रो जरा गाड्ने काम गरेको छ ।
गठबन्धन र सीट संख्याको विषयमा पनि कांग्रेसभित्र आन्तरिक द्वन्द्व छ अनि कसरी बहुमत आउँछ त ?
नेपाली कांग्रेसभित्र आगामी मंसिर ४ गतेको निर्वाचनमा बहुमत ल्याउने भन्ने ूटार्गेट कोल्याप्सू भइसक्यो । अब एक्लै लड्ने, कांग्रेसले जित्ने, बहुमत ल्याउने भन्ने नारा, एजेन्डा सबै हराईसक्यो । अब नेपाली कांग्रेस एक्लै चुनावमा जाने, बहुमत सीट जितेर सरकार बनाउने, त्यसपछि विचार र सिद्धान्तको राजनीति स्थापित गर्ने कुरा एकादेशको कथाजस्तो हुनलाग्यो । जब हामी वडा अध्यक्षदेखि संघीय सांसदसम्म पटक–पटक गठबन्धनको नाममा चुनावी तालमेल गरिरहेका छौं भने अब नेपालमा बहुदलीय प्रतिस्पर्धाको राजनीति कहाँ रहनु रु अहिले नेपालमा बहुदलै छैन नि । बहुदलीय व्यवस्थामा अपवाद बाहेक खासै चुनावी तालमेल नै हुँदैन । हामीलाई एउटा कालखण्डमा राजनीतिक आवश्यकताको लागि गठबन्धन आवश्यक थियो । अहिले त्यसको सार्थकता सकिएको हो । तर, अब सबै दलहरुलाई एक्लै चुनाव लड्न डर लाग्ने, अनि गठबन्धनको नाममा मिलेर जाने प्रवृत्ति एकदमै नराम्रो हो । यसले नेपालको बहुदलीय व्यवस्था र संसदीय परम्परामा नराम्रो जरा गाड्ने काम गरेको छ ।
यो विषयमा त तपाईहरुले नेतृत्वलाई भन्न सक्नुपर्ने हैन, यसमा त युवा नेताहरु पनि चुकेको देखिन्छ नि ?
हामीले त पहिलादेखि भन्दै आएका हौं । मैले त अझ हामीलाई यो गठबन्धन एकदमै घातक हुन्छ । यसले गर्दा एमाले नै फस्ट पार्टी हुने सम्भावना बढेर जान्छ भनेर बारम्बार भनेको हुँ । हामीले भनेको सुनुवाइ भएन । निर्णायक ठाउँमा हामी छैनौं । त्यसकारण गठबन्धनका शीर्ष नेताहरु एक भएर लागेपछि हाम्रो केही पार लागेन । अब गठबन्धन गरेर जाँदा धेरै ठाउँमा सीटकै कारण विद्रोह हुने सम्भावना बढेर जान्छ । अनि त्यस्ता ठाउँमा प्रतिपक्षले खेल्ने मौका पाउँछन् । अहिले जनताको मानसिकतामा एकदमै परिवर्तन भइसकेको छ । पहिलाको जस्तो पार्टीले भनेका सबै कुरा लागु नहुन पनि सक्छन् । यसको उदाहरण गत स्थानीय निर्वाचनमा देखिएका छन् । यो चुनावमा धेरै त्यागी एवं आकांक्षी साथीहरुले टिकट नपाउन सक्नुहुन्छ ।यसबाट उत्पन्न असन्तुष्टिलाई कसरी रोक्ने त
गठबन्धन आवश्यकता हेरी हुन्छ कि सबै ठाउँमा हुन्छ ?
कतिपय ठाउँमा नहुन पनि सक्छ । जस्तो डडेल्धुरामा गठबन्धन नगर्ने भन्ने निर्णय गरिएको छ । त्यस्तै अन्य जिल्लाहरुमा पनि नहुन सक्छ ।
मधेशमा सरकारमा सामेल दल बाहेकलाई पनि गठबन्धनमा सामेल गर्ने भनिएको छ, यो ठीक हो ?
त्यो एकदमै घातक काम हो । किनभने नेपाली कांग्रेसको जनाधार नै त्यहीं हो । अहिले पार्टी कस्तो स्थितिमा पुग्यो भने गठबन्धनबाहेकको चुनाव सोच्नै नसक्ने १ गठबन्धन दलका पार्टनर जति छन् तिनीहरु गठबन्धनबाहेक सोच्नै नसक्ने अवस्थामा पुगेका छन् । हिजो यी दलहरु एक्लाएक्लै लडेका हुन् । माओवादी, एमाले, मधेशवादी दल, राष्ट्रिय जनमोर्चा सबै एक्लाएक्लै चुनाव लडेका हुन् । कांग्रेसको झन् कुरै भएन, सबैभन्दा ठूलो पार्टी सिंगल लडेकै हो । २०४८ र २०५६ मा बहुमत ल्याएकै हो । तर, अहिले यी दलको दिमागमा गठबन्धनबाहेक सोचाई छैन ।
त्यो व्यक्ति जनताप्रति समर्पित हो कि होइन, उसले जीवनका विभिन्न कालखण्डमा अग्रणी भूमिका निर्वाह गरेको छ कि छैन । ऊसले पटक–पटक अवसर पाएको हो कि अवसरै पाएको छैन त्यो जनताले राम्रोसँग हेर्छन् । एक, दुई पटक टेष्ट भइसकेको मान्छेप्रति जनताको अब यसबाट पार लाग्दैन भन्ने धारणा बनिसकेको हुन्छ ।
अब सीट बाँडफाँड कहिले सकिन्छ त ?
अब यसलाई जतिसक्दो चाँडो सक्नुपर्छ । यसमा अल्मलिनु हुँदैन । अब हामी गठबन्धनमा जाने भनिसकेपछि यसलाई छिट्टै टुंग्याउनुपर्छ । क्षेत्रवाइज पनि छलफल गरेर जाँदा राम्रो हुन्छ । तराईंमा पनि पार्टीहरुको पोजिशन हेरेर छलफल गर्दा हुन्छ । स्थानीय निर्वाचनलाई हेरेर आंकलन गरियो भनेपनि गल्ती हुन्छ । किनभने स्थानीय निर्वाचनमा धेरै व्यक्तिगत, जातिगत, सामाजिक पहिचान, उम्मेदवारको व्यक्तित्व र पार्टी सबैको प्रभावको आधारमा जितेको हुन्छ ।
त्यसकारण २०७४ को भोटको परिणाम वा अहिलेको परिणामलाई हेरेर पनि गर्न सकिन्छ । निर्वाचन नै नहुँदा पनि कुन पार्टी कुन क्षेत्रमा बलियो छ भनेर थाहा हुन्छ । यसरी सबै विषयलाई ध्यान दिएर हेर्दा ८५, ९०, १०० को पनि विवाद टुंगिन्छ । जित्दै नजित्ने कसैले पनि जबर्जस्ती सीट लिएर केही अर्थ छैन । र्यान्डमली लड्न जहाँ पाएपनि लिने भन्ने साइकोलजिकल कुरा हो । वास्तविक कुरा चाहीं जहाँ जित्न सकिन्छ त्यहाँ लिने हो ।
गठबन्धन भएपछि जसलाई टिकट दिएपनि चुनाव जितिहाल्छ भन्ने ग्यारेन्टी हुन्छ र ?
निर्वाचन जित्नका लागि सबैभन्दा पहिला त पार्टीले अगाडि सार्ने व्यक्तिप्रति जनताको रुचि हुनुपर्याे । उम्मेदवारमा पोलिटिकल ग्ल्यामर्स, पोलिटिकल आकर्षण हुनुपर्छ । जस्तो काठमाडौंमा बालेन, बालेन भन्ने हल्लाले चुनावै जित्यो । त्यो एउटा पार्टीहरुका उम्मेदवारप्रतिको असन्तुष्टि पनि हो । पार्टीले जबर्जस्ती उम्मेदवार थोपर्याे । त्यसरी थोपरेर कहाँ हुन्छ ? हामी सार्वभौम जनता भन्ने भावनाको विकास भएको छ । अहिले चुनावी क्याम्पियन विदेशबाट पनि हुन्छ । हामी पहिलाको जस्तो यहीँबाट सबैथोक हुन्छ भन्छौं ।
राम्रो काम गर्न नसके जतिपटक मन्त्री भएपनि केही हुँदैन । म जे गर्छु त्यो मात्रै भन्छु र जे भन्छु त्यो मात्रै गर्छु । दुइपटक चुनाव लडिसकेका केही महत्वपूर्ण साथीहरुलाई संसदमा पुर्याउनुपर्याे भने अरु बाटो पनि छन् । सबैलाई चुनावै किन थोपर्नु ?
पढेलेखेका, बुझेको धेरै ठूलो जनशक्ति विदेशमा छन् । उनीहरुको क्याम्पियनले पनि धेरै मत अन्यत्र जान्छ । त्यसकारण व्यक्ति चयन गर्दा,जस्तो अहिले डा.स्वर्णिम वाग्लेलाई चितवन रिफर गर्ने कुरा आइराखेको छ । त्यहाँको स्थानीय तहमा दिनानुदिन उनको लोकप्रियता बढेर स्वर्णिम, स्वर्णिम भन्ने भइसकेको छ । त्यसकारण हाम्रो उम्मेदवार हामीले प्रस्तुत गर्दा पनि फलानो, फलानो भन्ने भयो भने बल्ल चुनाव जितिन्छ । नेपालमा तीन/चार क्वाटोगरिका भोटर छन् । पार्टीको सैद्धान्तिक भोट, त्यसपछि एकेडेमिक युवा, व्यक्तिगत प्रभाव र सामाजिक छवि । यी सबैको तारतम्य मिल्नुपर्छ ।
अहिले पनि पछौटे समाज छ, केही भोटहरु बरालिन्छन् । कतिले एकातिर पैसा खाएर भोट अर्कोतिर हालिदिन्छन् । अर्को कुरा त्यो व्यक्ति जनताप्रति समर्पित हो कि होइन, उसले जीवनका विभिन्न कालखण्डमा अग्रणी भूमिका निर्वाह गरेको छ कि छैन । ऊसले पटक–पटक अवसर पाएको हो कि अवसरै पाएको छैन त्यो जनताले राम्रोसँग हेर्छन् । एक, दुई पटक टेष्ट भइसकेको मान्छेप्रति जनताको अब यसबाट पार लाग्दैन भन्ने धारणा बनिसकेको हुन्छ ।
तपाईं दुइपटक भन्दा बढी हुनुहुँदैन भन्नुहुन्छ, पाँच, ६ पटक हुँदा पनि अझै मौका पाउँ भन्नेहरुको लर्को लागिरहेकै छ नि ?
यो एकदमै नराम्रो प्रवृत्तिको विकास भएको छ । मेरो हजुर आमाले पनि भोट हाल्नुभयो, मेरो बुबा हाल्दै हुनुहुन्छ, म हाल्दै छु, अहिले मेरो छोरो पनि भोट हाल्ने भइसक्यो, तर व्यक्ति एउटै छ भोट लिने । चार पुस्तासम्म एउटै व्यक्तिलाई भोट हाल्नुपर्ने कस्तो लोकतन्त्र हो ? यो त एक प्रकारको कुलीनतन्त्र भयो । केही मान्छेहरुको उद्यम जस्तो भयो राजनीति । दुइपटक सांसद भइसकेको मान्छेले के गर्छ के गर्दैन भन्ने जनतालाई राम्रैसँग थाहा हुन्छ । पहिलोपटक अलि गर्न सकेन अर्कोपटक गर्छ कि भनेर दुईपटकसम्म जनताले देलान् ।
केन्द्रमा मात्रै होइन पार्टीले प्रदेशमा पनि गतिला मान्छे छानेर पठाउनुपर्छ । त्यसको पार्टीसँग योजना हुनुपर्छ यो यो मान्छेलाई पठाउने भन्ने तर त्यो देखिँदैन । जसलाई जे मन लाग्यो त्यहीं गरेका छन् । जे बोल्न मन लाग्यो त्यहीं बोलेको छ । अहिले प्रदेशसभाहरुको हालत हेर्नुस् न । त्यहाँ विचार भएका राम्रा फिगरहरु देखिँदैनन् ।
दुईपटकमा पनि केही गर्न सकेको छैन फेरि त्यहीं व्यक्ति आउँछ भने त्यस्तालाई जनताले जिताउँदैनन् । जनरुचि नभएको कुरामा जबर्जस्ती गर्नुपनि न्यायोचित होइन । हामीजस्ता मान्छेले अवसर पाउने हो भने दुइपटक सांसद, दुइपटक मन्त्री । त्योभन्दा बढी झुण्डिइरहनु आवश्यक छैन । बन्ने नै हो भने त्यो अवधिमा प्रधानमन्त्री बनिहालिन्छ । जस्तो म १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य उठे, १२ औं मा हारेँ तर मनोनित भए, १३ औं मा जिते । दुइपटक कांग्रेसको केन्द्रीय सदस्य भए । त्यसपछि उठ्दिन भनेको थिएँ, यसपटक म उठ्दै उठिन । किनभने म दुइपटक केन्दीय सदस्य भइसकेँ ।
त्यसोभए सांसद/मन्त्री जुन पदपनि दुइपटक भन्दा बढी खानुहुन्न, हो ?
दुइपटक भइसकेपछि तेस्रोपटक म उठ्दै उठ्दिन । मन्त्री पनि दुइपटक भन्दा बढी खान्न । किनभने दुइपटकसम्म राम्रो काम गरेँ भने प्रधानमन्त्री हुन्छु नि म । राम्रो काम गर्न नसके जतिपटक मन्त्री भएपनि केही हुँदैन । म जे गर्छु त्यो मात्रै भन्छु र जे भन्छु त्यो मात्रै गर्छु । दुइपटक चुनाव लडिसकेका केही महत्वपूर्ण साथीहरुलाई संसदमा पुर्याउनुपर्याे भने अरु बाटो पनि छन् । सबैलाई चुनावै किन थोपर्नु ? राष्ट्रियसभा छ । भारतमै पनि कतिपय मान्छेहरु प्रतिनिधिसभामा हारे अथवा लोकसभा छोडे भने राष्ट्रियसभामा जान्छन् । भारतका पूर्व प्रधानमन्त्री मनमोहनजी कहिल्यै लोकसभा सदस्य निर्वाचित भएनन् ।
एकपटक लडेको हारे, तर दुई चोटी प्रधानमन्त्री भए । पछि राज्यसभाको सदस्य भए । उनी भारतजस्तो देशमा दुई कार्यकाल प्रधानमन्त्री भए । त्यसैले सबैका लागि चुनावै ठूलो कुरा होइन । आवश्यक मान्छेलाई चुनाव मात्रै थोपर्ने होइन । अन्य बाटोबाट पनि ल्याउन सकिन्छ । केन्द्रमा मात्रै होइन पार्टीले प्रदेशमा पनि गतिला मान्छे छानेर पठाउनुपर्छ । त्यसको पार्टीसँग योजना हुनुपर्छ यो यो मान्छेलाई पठाउने भन्ने तर त्यो देखिँदैन । जसलाई जे मन लाग्यो त्यहीं गरेका छन् । जे बोल्न मन लाग्यो त्यहीं बोलेको छ । अहिले प्रदेशसभाहरुको हालत हेर्नुस् न । त्यहाँ विचार भएका राम्रा फिगरहरु देखिँदैनन् । अपवादमा केही व्यक्तिहरु राम्रो पनि गएका छन् । ती पनि माथि नभएर तल गएका हुन् ।
यहाँ त दायाँभन्दा दायाँ र बायाँ भन्दा बायाँ फर्किइदिएको छ । हुँदाहुँदा टिकटको लागि पनि राजदूतावास धाउने गरेको देखिन्छ । यस्तो नेताबाट देश र जनताले के आशा गर्ने ?
त्यसकारण नेपालको डेमोक्रेटिक एक्सारसाइज सही ढंगले भएकै छैन । विश्वको प्रजातान्त्रिक अभ्यासलाई हेरियो भने जस्तो भारत, युरोपियन मुलुकमा आवश्यक मान्छेहरु छानेर, चयन गरेर पुर्याउने प्रयत्न हुन्छ । नेपालमा वास्तविक प्रजातान्त्रिक अभ्यास नभएर घटना अभ्यास मात्रै भएको छ । जस्तो संसदमा छलफल हुँदा मन्त्री, सांसदहरु नआउने, आएपनि हाजिर गर्ने र भत्ता बुझेर हिंड्ने । जति ठूलो नेता भयो उति संसदमा नजाने । हेर्नुहोस् त कस्तो छ हाम्रो अभ्यास ।
तपाईं बौद्धिक युवा नेता र प्रखरवक्ता पनि हुनुहुन्छ, चुनाव उड्दै हुनुहुन्छ, ठ्याक्कै कांग्रेसको चुनावी एजेण्डा चाहीं के हो ?
कांग्रेसको एजेण्डाको सन्दर्भमा कुरा गर्नुपर्दा यो ३२ वर्षमा जसरी प्रजातान्त्रिक अभ्यास भएर आयो, त्यो सही रुपमा भएन । राजनीतिक विकासको दृष्टिबाट र भौतिक विकासको दृष्टिबाट पनि सही ढंगले उपयोग भएन । २०४६ साल यता जनताले जसरी आशा गरेका थिए, त्यसरी देशले काँचुली फेर्न सकेन । नेपालमा हामीलाई चमत्कारिक विकास चाहिएको छ । त्यसका लागि हामीसँग राम्रो मार्गचित्र चाहिन्छ । जनतामा स्वास्थ्य, शिक्षा र रोजगारीमा ठूलो समस्या छ । स्वास्थ्य, शिक्षा, रोजगारी मौलिक अधिकार भनेर संविधानमै उल्लेख गरिएको छ । तर व्यवहारमा त्यस्तो छैन । एउटा मान्छे बिरामी भएर आयो भने राम्रो उपचार नपाएर ज्यान गुमाउन बाध्य हुन्छ । विद्यार्थीको क्षमता अनुसार पढाउन सकिराखेको छैन । रोजगारीको त झन् कल्पनै गर्न सकिँदैन । जबसम्म शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र डामाडोल हुन्छ, देश विकास भयो भनेर कसरी मान्ने ?
सरकारले महँगी नियन्त्रण गर्न सकेको छैन । श्रम गरेर खाने जनता अहिले धेरै मारमा छन् । अहिले पाँच दलको सरकार भएपनि जो सरकारमा सहभागी छन् उनीहरूको मात्रै सरकार छ । समग्रमा यो पार्टीहरूको सरकार होइन ।
अब देशलाई अगाडि बढाउन के गर्नु पर्ला ?
यसका लागि तीनवटा आधार तय गर्नुपर्छ । त्यसमा पहिलो कुशल नेतृत्व, दोस्रो जनसमर्थन, त्यसपछि छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध । हाम्रो यतिबेला भारत, चीनलगायत अन्य मुलुकसँग पनि सम्बन्ध सुमधुर छैन । वैदेशिक नीतिमा साथीहरु एक ठाउँमा छैनन् । एउटाले एकातिर उचाल्ने अर्कोले अर्कोतिर उचाल्ने गर्दछन् । राजनीतिक पार्टीहरु पनि कहिले भारततिर ढल्केको देखिन्छ कहिले चीनतिर ढल्केको देखिन्छ । त्यसरी ढल्किने सुविधा राजनीतिक दलहरुलाई हुँदैन । भाइचारा सम्बन्ध हुनसक्छ । तर, देश र राज्य चलाउने ठाउँमा पुग्दा कुनै सरकार र देशतिर ढल्किने सुविधा हुँदै हुँदैन ।
त्यस्तो नेतृत्वलाई अपरिपक्वता र अयोग्य मानिन्छ । नेतृत्व कुशल छ भन्ने भयो भने मात्रै जनताले साथ दिन्छन् । कुशल नेतृत्व जसलाई जनताले भरपुर साथ दिएका छन् भने छिमेकीले पनि हेप्न सक्दैन । जब नेतालाई जनताको साथ हुन्छ त्यतिबेला विदेशी चलखेल पनि घटेर जान्छ । यहाँ त दायाँभन्दा दायाँ र बायाँ भन्दा बायाँ फर्किइदिएको छ । हुँदाहुँदा टिकटको लागि पनि राजदूतावास धाउने गरेको देखिन्छ । यस्तो नेताबाट देश र जनताले के आशा गर्ने ?
देउवा सरकारको बारेमा भन्नुपर्दा सफल कि असफल ?
अहिलेको सरकारले चमत्कारिक कामहरू गर्न सकेको छैन । हिजो केपी ओली नेतृत्वको सरकारले ज्यादती गरेको थियो, त्यसलाई रोक्ने काम भने यो सरकारले गरेको छ । कोभिडका सन्दर्भमा खोप ल्याउनेदेखि लिएर, राज्य सञ्चालनमा केपी ओलीको प्रभुत्वबाट मुक्त गर्ने काम यो सरकारले गर्याे । तर समग्रमा सरकार सञ्चालनका कामहरू चित्तबुझ्दो देखिँदैन । सरकारले महँगी नियन्त्रण गर्न सकेको छैन । श्रम गरेर खाने जनता अहिले धेरै मारमा छन् । अहिले पाँच दलको सरकार भएपनि जो सरकारमा सहभागी छन् उनीहरूको मात्रै सरकार छ । समग्रमा यो पार्टीहरूको सरकार होइन ।
कूटनीतिक सम्बन्धका हिसाबले सरकार सफल कि असफल ?
कूटनीतिलाई सन्तुलित राख्नका लागि यो सरकारले केही प्रयत्नहरू गर्याे । विगतको सरकार एकातिरमात्रै ढल्किन खोजेको थियो तर यो सरकारले यसमा करेक्सन गरेको छ । तर अहिले पनि केही आरोप भने लागेकै छ । कुरा के हो भने नेपाल जुन भूराजनीतिक अवस्थामा रहेको छ, दक्षिणमा भारत र उत्तरमा चीन दुवै छिमेकी राष्ट्रहरू हुन् । छिमेकी हामीले बदल्न नसक्ने भएकाले सम्बन्ध सुमधुर राख्नुपर्छ । अलि टाढाका छिमेकीलाई स्पेस दिँदै नदिने भन्ने होइन । त्यसैले छिमेकीहरूको विकासबाट हामीले फाइदा लिन सक्नुपर्छ । २०५० सम्म चीन र भारत दुनियाँका पहिलो र दोस्रो शक्ति राष्ट्र हुँदैछन् भन्ने प्रक्षेपण पनि छ । यो हाम्रा लागि सुखद कुरा हो, यसबाट हामीले फाइदा लिन सक्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोटो अवधिमा सरकार परिवर्तन भइरहने कुरा नेपालका लागि महारोग नै भयो: धनराज गुरुङ
बैशाख २१, २०८१ शुक्रबार
सम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी
पुष २९, २०८० आइतबार
संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे
असोज १, २०८० सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार