उपमहानगरका कर्मचारीलाई गुणस्तरीय सरसफाइ तालिम
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १७:१४:५१
२८ भदौ, सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाका सरसफाइ कर्मचारीलाई नगरको गुणस्तरीय सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको छ । नेपालमा सरसफाइसम्बन्धी अभियान संचालन गर्दै आएको खेम्स क्वालिटीद्वारा उपमहानगरपालिका कार्यालयका ४१ र धनगढी विमानस्थलमा कार्यरत छ जना सरसफाइकर्मीलाई गुणस्तरीय सरसफाइसम्बन्धी १० दिने तालिम प्रदान नगरिएको हो ।
उक्त तालिमका सहभागीलाई उपमहानगनगरपालिकाका प्रमुख गोपाल हमाल र खेम्स क्लालिटीका प्रबन्ध निर्देशक खेम शर्माले सोमबार महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरेका थिए ।
सो अवसरमा उपमहानगर प्रमुख हमालले सरसफाइका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेको खेम्स क्वालिटीबाट १० दिनसम्म आर्जन गरेको सीपलाई आफ्नो काममा प्रयोग गरी महानगरलाई सफा पार्ने अभियानमा लागि पर्न सरसफाइकर्मीलाई आग्रह गरे । उनले उपमहानगरका कर्मचारी नगर सफाइका क्षेत्रका उदाहरणीय भएर काम गर्नुपर्ने भन्दै काममा आधारमा कर्मचारीको मूल्यांकन गरिने बताए।
खेम्स क्वालिटीका खेम शर्माले तालिमबाट सिकेको अनुभवलाई व्यवहारिकरूपमा आफूले आफ्ना काममा उपयोग गर्नेछु भनी सहभागीलाई शपथ गराउँदै आफ्ना कामका बारेमा सुनेर आफूलाई महानगरका कर्मचारीलाई तालिम दिने कामका लागि आमन्त्रण गरेकामा प्रमुख हमलालाई धन्यवाद दिए ।
गैरआवासीय नेपाली संघका सरसफाइ अभियन्ता शर्माले नेपालमा सरसफाइसम्बन्धी तालिमको अभाव मात्र नभएर सरसफाइमा प्रयोग हुने उचित औजार र आवश्यक गुणस्तरीय सामानको पनि अभाव रहेको बताउँदै सरसफाइका कामको समय–समयमा अनुगमन हुनुपर्ने सुझाव दिए ।
सो तालिममा सहभागी सरसफाइकर्मी जशोदा राना र सीता रानाले आफूहरूले सरसफाइ गर्दा अपनाउनुपर्ने तारिका, प्रयोग गरिने सामग्री र निर्मलीकरण गर्ने तरिका राम्रोसँग सिकेको र अब त्यसलाई व्यवहारिक प्रयोगमा ल्याइने बताए । खेम्स क्वालिटीले यही सरसफाइ अभियानअन्तर्गत यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक विमानस्थल, पशुपतिनाथ मन्दिर परिसर, नगरिक उडड्यन प्राधिकरणका सरसफाइसम्बन्धी कर्मचारीलाई तालिम दिएको र धुलिखेल अस्पतालमा जारी रहेको जनाएको छ । यस अभियानमार्फत यस वर्षमात्र चार सय ५० सफाइकर्मीलाई तालिम दिइएको सो संस्थाले जनाएको छ ।
नेपालमा व्यावसायिक सरसफाइसम्बन्धी आवश्यक तालिमको अभाव हुँदा फोहरको उचित व्यवस्थापन हुन सकिरहेको छैन र यसको नकारात्मक असर मुलुकको पर्यटन उद्योगमा प्रत्यक्षरूपमा परेको छ । खेम्स क्वालिटीले सरसफाइको विषयलाई शिक्षासँग जोडेर अभियान संचालन गरिरहेकाले आगामी दिनमा यस विषयले प्राथमिकता पाउने शिक्षाविद् एवं अर्का सफाइ अभियन्ता खेम लाकाइले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार