चुनावी टार्गेटमा महामन्त्री थापा, शीर्षस्थहरू नै उकास्नेभन्दा पछार्ने दाउमा
केदार भट्टराई (काका)
भदौ ३०, २०७९ बिहिबार १६:३८:१९
३० भदौ, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापछि यतिबेला सबैभन्दा व्यस्त नेताको रुपमा देखिएका छन् महामन्त्री गगन थापा । प्रदेश र प्रतिनिधिसभाको चुनावी माहोल तात्न थालेपछि सितिमिति नेताले महामन्त्री थापालाई भेट्न पनि मुस्किल छ । कांग्रेसमा पार्टी सभापति देउवाले आफुपछि थापालाई नै बढी जिम्मेवारी पनि दिएका छन् । आगामी निर्वाचनका लागि उम्मेदवार चयनमा पनि सभापतिपछि उनकै हात बलियो रहेको नेताहरुको बुझाइ छ ।
पार्टीको महामन्त्री पद यसै पनि महत्वपूर्ण हो । अनेकन जिम्मेवारी बहनका हिसाबले पनि थापा व्यस्त हुनु स्वभाविक हो । समान हैसियत भएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा यतिबेला अस्वस्थ रहेकाले पनि थापा बढी व्यस्त हुनपुगेको कांग्रेस नेताहरु बताउँछन् । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची पेश गर्न दलहरुलाई समयसीमा तोकेको छ । यस हिसाबले पनि चारदिनमा समानुपातिकतर्फका उम्मेदवारहरुको छनोट गरिसक्नुपर्ने छ ।
राजनीति प्रवेशको छोटो समयमा नै उच्च पदीय जिम्मेवारीमा पुगेका महामन्त्री थापाका आगामी दिन भने सहज देखिएका छैनन् । उनी यतिबेला कांग्रेसभित्र सबैको तार्गेटमा परेका छन् । उनले महामन्त्रीमा विजय पाएसँगै उनले लिएको उच्चाइबाट असन्तुष्ट बनेकाहरु कांग्रेसमा कम छैनन् । यसअघि देखि नै उनका व्यवहारहरुमा परिवर्तन आएको भन्दै कांग्रेसका उच्च तहका नेताहरुले नै उनी विरुद्धमा उत्रिएका थिए । अहिले चुनावी कारणले गर्दा थापाका विरोधीहरु दिनानुदिन बढिरहेका छन् ।
नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारका लागि तल्लो तहबाट नाम सिफारिस गर्न जारी गरेको परिपत्रमा हस्ताक्षर गरेपछि महामन्त्री थापा जिल्ला र प्रदेश हुँदै केन्द्रीय तहका नेताहरुबाट समेत उनलाई मुल तार्गेट बनाइएको छ ।अब टिकट वितरणमा पनि उनले मित्रभन्दा शत्रु नै बढी कमाउने देखिएको छ । अर्को छोटो समयमा नै राजनीतिक उचाई पाएका थापा यही हिसाबमा अगाडि गए आफुहरुको भविश्य जोखिममा पर्ने अनुमान माथिल्लो तहका नेताहरुमा छ ।
उनकै समकक्षी युवा समुहमा पनि यो असन्तुष्टि कम देखिएको छैन् । उम्मेदवार सिफारिसका लागि परिपत्र जारी गर्ने अधिकार पाएका महामन्त्री थापालाई विभिन्न समूहमा विभाजित कलस्टरबाट पनि उत्तिकै दवाव र असन्तुष्टि उजागर भएको छ । महिला, आदिवासी, जनजाती,मधेशी,थारु, मुस्लिम, पिछडिएका क्षेत्र आदिको सिफारिसमा थापाले गाम्भिर्यता नदेखाएको आरोप लागिरहेको छ । आगामी निर्वाचनमा उनीहरुको सहज व्यवस्थापन नभएमा यो क्षेत्र र समुदायबाट पनि उनी तार्गेटमा रहनेछन् ।
टिकट वितरणमै पाएकाहरुले उनको वास्ता नगर्लान । तर, टिकट नपाएकाहरुले भने महामन्त्री थापालाई सहयोगभन्दा असहयोग नै गर्ने पक्का छ । आगामी आम निर्वाचनपछि युवापुस्ताबाट प्रधानमन्त्री बन्ने दावी उनले यसअघि नै गरिसकेका छन् । यी यावत प्रसंगले गर्दा थापालाई योभन्दा माथि जानबाट रोक्ने असन्तुष्ट समूहहरु कांग्रेसमा धेरै छन् । उनी अगाडि जाँदा आफुहरुलाई समस्या भइरहेको विषयलाई केही नेताहरुले यसअगाडि पनि ल्याएका थिए ।
महामन्त्री थापा प्रतिनिधिसभा सदस्यका लागि तीन क्षेत्रबाट सिफारिसमा परेका छन् । उनले यसअघि लड्दै आएको काठमाडौं क्षेत्र न। ४ बाट यो पटक पनि चुनाव लड्ने बताइसकेका छन् । तर, पार्टीकै असन्तुष्ट समूहहरुका कारण थापालाई यसपटक जीत निकाल्न सहज नहुने अनुमान गर्न थालिएको छ । उनलाई रोक्नका लागि पार्टी पंक्तिबाटै ठूलो भूमिका खेलिने कुरा पक्का जस्तै देखिएको छ । नयाँ संविधान जारी भएपछि एक व्यक्तिले दुई क्षेत्रबाट उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएका कारण अन्ततः महामन्त्री थापा काठमाडौं क्षेत्र न। ४ बाटै चुनाव लड्ने छन् ।
उनले महामन्त्रीमा उम्मेदवारी घोषण गर्दा पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउन आफूले महामन्त्रीको उम्मेदवारी दिएको बताएका थिए । उनले महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका नेता तथा कार्यकर्तालाई अनशन बस्नुपर्ने स्थिति आउन नदिने दावी गरेका थापाले अहिले त्यो अनुसार काम गर्न सकेका छैनन् ।
पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, शहर बनाउछु भनेर नपत्याउने भन्दै उनले भनेका थिए, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर–अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यौँ भने हाम्रो धेरै समस्याको हल हुन्छ, मलाई केही नेताहरूले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेका छन्, म महामन्त्री बनेपछि पहिलो कुरा पार्टीको अधिवेशन चार वर्षमा गराउँछु र अहिले जस्तो पार्टीका साथीलाई पार्टी कार्यालयमा आएर अनशन बस्ने स्थिति सिर्जना गर्न दिन्नँ, यति मात्रै गर्न सके पनि आधा समस्या हल भएर जान्छ, खासगरी नौजवान साथीहरूलाई मेरो अपिल छ, आह्वान छ, तपाईं–हामी मिलेर यस्तो कांग्रेस बनाउनुपर्नेछ, कांग्रेस नयाँ बनाउने हो, तर पुरानो दिनलाई सम्झिएर बनाउने हो ।’
पार्टीको नेतृत्वमा पिता पुस्ता लडिरहेका बेला नेता थापाले ४५ वर्षमै महामन्त्री बनेर पार्टीमा पुस्तान्तरणको बलियो सन्देश दिने बताएका थिए । थापा पार्टी केन्द्रीय कार्यसमितिमा आएको १० वर्षमै सभापतिपछिको शक्तिशाली महामन्त्री बन्न सफल भएका हुन् । नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष र महामन्त्री भइसकेका थापालाई १९ दिने जनआन्दोलनले राष्ट्रिय राजनीतिमा उदाउने मौका दिएको हो ।
०६४ सालको संविधानसभा निर्वाचनमा थापाले प्रत्यक्षतर्फ चुनाव लड्ने अपेक्षा थियो, तर उनले प्रत्यक्षतर्फ टिकट पाएनन् । गणतान्त्रिक आन्दोलनको फ्रन्टलाइनरलाई नै उम्मेदवार नबनाएको आलोचना भएपछि कांग्रेसले उनलाई समानुपातिकतर्फ उम्मेदवार बनायो, उनी ३१ वर्षमै संविधानसभा प्रवेश गरे ।
संसदमा उनको प्रभावकारी उपस्थितिकै कारण उनको चर्चा थप चुलियो, कांग्रेसमा उनी उदयमान नेताको रुपमा सबैको नजरमा परे । ०६७ मा भएको १२ औँ महाधिवेशनबाट उनी सर्वाधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भए । त्यसको दश वर्षपछि फेरि उनी महामन्त्रीमा निर्वाचित भएका हुन् । थापाले १३ औँ महाधिवेशनमै पार्टीमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको मुद्दा उठाएका थिए । पार्टीमा परिवर्तन र पुस्तान्तरण चाहेर जोखिम मोलेका उनका अबका दिन भने सहजताभन्दा कठिनतर्फ मोडिने चर्चा कांग्रेभित्र चर्कै रुपमा चलेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार