चितवनमा प्रचण्डसँग राप्रपाका बिक्रम पाण्डे भिड्ने, एमालेले सघाउने संकेत
नेपालबहस संवाददाता
भदौ ३०, २०७९ बिहिबार १९:२:३
३० भदौ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यक्षेत्र चितवन नै रहेको बताएपछि आसन्न चुनावमा उनको प्रतिस्पर्धी को होला भन्ने कौतुहलता उत्पन्न भएको छ । विगतमा पनि यही कौतुहलता हुँदाहुँदै उनका प्रतिस्पर्धी थिए, पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष बिक्रम पाण्डे ।
उनी यसपटक पनि चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएका छन् । राप्रपा चितवनले यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भिडेका पूर्वमन्त्री पाण्डेलाई क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा एकल उम्मेदवार सिफारिस गरिसकेको छ ।
राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले पूर्वमन्त्री पाण्डेलाई यसपाली फेरि क्षेत्र नम्बर ३ बाट जिताउने गरी अभियान सुरु भएको बताए । उनले प्रदेशतर्फ ३ (क) मा गिरिबहादुर तामाङ ज्ञानजंग, ३ (ख) मा प्रदेश सांसद तथा राप्रपाका केन्द्रीय सहमहामन्त्री रिना गुरुङको नाम सिफारिस भएको जानकारी दिएका छन् ।
क्षेत्र नम्बर ३ राप्रपाको बलियो जनआधार भएको क्षेत्र हो । तत्कालीन क्षेत्र नम्बर ५ हालको ३ मा पूर्वमन्त्रीले गरेका कामले चुनाव जित्न सहज रहेको दावी राप्रपाको छ । २०७० मा दोस्रो संविधानसभा चुनावमा गठबन्धन नहुँदा पाण्डेले एमाले, कांग्रेस, माओवादी उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए ।
पाण्डे संविधानसभा सदस्य हुँदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लगाएका थिए । २०७३ मा भूमिसुधार मन्त्री हुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए । २०७४ मा चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने–आउने सुविधाप्राप्त बाटोमा उनकै पहलमा प्रवेश शुल्क निःशुल्क भएको थियो ।
उनको कार्याकालमा माडी चक्रपथ, रिउ करिडोर जस्ता दीर्घकालीन महत्वका योजनाहरु अगाडी बढेका थिए । भरतपुर–२७ मेघौलीमा बेतरी खोलामा पुल, नारायणी तटबन्धन, रिउ तटबन्धन, मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि मेसजाली राख्ने लगायतका कामहरु भएका थिए । २०७४ मा गठबन्धनका कारण विजयी हुन नसकेका पाण्डे यसपाली जित्ने रणनीतिमा छन् । त्यतिबेला पाण्डेलाई कांग्रेसले समर्थन गरेको थियो भने अहिले एमालेले सहयोग गर्ने संभावना रहेको छ ।
पाण्डेले विगतदेखि माडी, मेघौली, जगतपुर लगायतका हालको ३ नम्बर क्षेत्रलाई आधार बनाउँदै समाजिक कामहरु समेत गर्दै आइरहेका छन् । यसपटक कांग्रेस र माओवादीको गठबन्धन रहेको छ । चितवन कांग्रेसले माओवादीलाई असहयोग गर्ने भन्दै उम्मेदवार पनि उठाउने तयारी गरिसकेको छ । विगतमा स्थानीय तहको निर्वाचनमा प्रचण्डकी छोरी रेणु दाहालको विरुद्ध चितवन कांग्रेसले छुट्टै उम्मेदवारी दिएर आफ्नो मत सुरक्षित गरेको थियो । यसपटक पनि सोही अवस्था आउनसक्ने चितवन कांग्रेसले संकेत गरिसकेको छ । यदि कांग्रेसले असहयोग गरेको अवस्थामा भने चितवन प्रचण्डका लागि भारी हुने अवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार