इलामका अनुपम पोखरेल इसेवाको “बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” विजेता
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २०:२९:५७
७ असोज, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको“बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जित्न सफल भएका छन् । उनले नेपाललाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवामार्फत भुक्तानी गरेका थिए ।
इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो । यस योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत रू २० हजार नगद जित्न सफल भएका छन् । साथै पोखरेलले बीमा गरेको नेपाललाइफ इन्स्योरेन्स्को इलाम शाखाले समेत नगद रू २० हजार प्राप्त गरेको छ ।
विजेताहरूलाई शुक्रबार एक कार्यक्रमकाबिच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरेका हुन् । लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद रु एक एक हजार रुपैयाँ जित्न सफल भएका छन्। इसेवाले हरेक हप्ता गोला प्रथामार्फत साप्ताहिक विजेता चयन गरेको थियो । नगद हस्तान्तरण कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी सुभास सापकोटाले भने,‘ हामीले बीमितहरुले घरमै बसेर बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सञ्चालन गरेका थियौँ । यसमा आमबिमितहरुको उत्साहजनक सहभागीता रह्यो । यसले हामीलाई थप हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि हामीले बीमा क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप योजनाहरु सार्बजनिक गर्नेछौँ’।
यसैगरि कार्यक्रममा नेपाललाइफ इन्स्योरेन्स्का आइटी प्रमुख शरद चन्द्र प्याकुरेलले भने‘ इसेवाले नेपालको डिजिटल भुक्तानीमा अग्रणी भुमिका खेल्दै आइरहेको छ । पछिल्लो समय इसेवाले बीमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइनमार्फत गर्नका लागि प्रोत्साहन गरिरहेको छ । जसले गर्दा बीमा क्षेत्रमा थप सहजता ल्याइरहेको छ । यसले बीमा गर्ने बीमित, बिमा एजेन्टदेखि हामी जस्ता कम्पनीहरुलाई पनि निकै सजिलो भइरहेको छ ’ ।
योजना अवधिभर इसेवा मार्फत ४ अर्ब बढिको कारोबार भएको हाे । यस अवधिमा ६० वटा भन्दा धेरै बिमा शुल्क इसेवा मार्फत भुक्तानी भएका थिए । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५लाख र आइओस् मोबाईलमा करिब १० लाखगरि ६५लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवाप्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार