पत्रकारका सेवासुविधा उपलब्ध गराउन श्रमजीवी–पत्रकार संघको आग्रह
नेपालबहस संवाददाता
असोज १०, २०७९ मंगलबार २:५:०
१० आसोज, काठमाडौं । श्रमजीवी–पत्रकार संघले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलबसहित सबै सेवासुविधा उपलब्ध गराउन माग गरेको छ । संघका अध्यक्ष जन्मदेव जैसीद्धारा जारी विज्ञप्तिमा सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दशैं अगावै सेवा सुविधा र तलब उपलब्ध गराएर चाडपर्व मान्ने वातावरण तयार गर्न व्यवस्थापनसमक्ष आग्रह गरिएको छ ।
संघको विज्ञप्तिमा भनिएको छ –पत्रकारले दशैंको मुखमा तलब नपाउने, सेवासुविधा र दशैं भत्तासमेत नपाउनेलगायतका गुनासो विगतमा झै यसपल्ट पनि आइरहेका छन् । हाम्रो सङ्गठन सम्बन्धित सञ्चार गृहहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैं भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछ ।
श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नेबारे, स्वरोजगार मिडियाको प्रवद्र्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान पुग्न नसकेको उल्लेख संघले सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि अन्याय भइरहेको अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा बताएको छ ।
हेर्नुस् विज्ञप्तिकाे पूर्ण पाठ :
आज बडा दशैं २०७९को पहिलो दिन घटस्थापना । सर्वप्रथमतः पत्रकारहरुको साझा अभिभावक संगठन श्रमजीवी–पत्रकार संघ,नेपालको तर्फबाट बडा दशैं २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । बडा दशैंसँगै नेपाल सम्मत् ११४३, तिहार, छट, इदलगायतका चाडपर्वको सुअवसरमा देश विदेशमा रहेका आम सञ्चार अभियन्ता एवं जनसमुदायहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दै सु–स्वास्थ्य एवं दिर्घायुको हार्दिक शुभकामना ।
हाम्रो श्रमजीवी–पत्रकार संघ, नेपाल व्यवसायिक पत्रकार एवं श्रमिक सञ्चारकर्मीहरुको साझा र स्वतन्त्र संस्था हो । श्रमजीवीहरुको व्यावसायिक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र पत्रकारिताको विकासका लागि संघ सक्रिय छ । पत्रकारहरुलाई संगठित गर्दै व्यवसायिक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकार एवं श्रमिक सञ्चारकर्मीहरुको हकहितको रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको समृद्धि विकासका लागि काम गर्नु यस संघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि यस संघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्द्धन गर्ने, पत्रकारहरुको भौतिक, सामाजिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि दबाबमुलक कार्य गर्दै आएको छ ।
यसै परिप्रेक्षमा पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवासुविधा र दसैँ भत्तासमेत नपाउनेलगायतका गुनासो विगतमा झै यसपल्ट पनि आइरहेका छन् । हाम्रो संगठन सम्बन्धित सञ्चार गृहहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दसैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछ । श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्यविरुद्ध संघले दबाबमुलक कार्यक्रम गरेपनि माउन्टेन टिभी, जनता टिभी, नेपाल एफएम, इमेज मिडिया नेटवर्कलगायतका सञ्चार संस्थाका मालिकहरु समस्या समाधानप्रति गम्भीर नबन्दा त्यहाँ कार्यरत श्रमजीवी पत्रकार तथा श्रमिक सञ्चारकर्मीहरु थप पीडित बन्दै गएका छन् । त्यस्तै राससमा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गर्न थालेको भन्ने गुनासो पनि आएका छन्, राससले पत्रकारलाई निष्कासन नगरोस् ।
त्यस्तै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नेबारे, स्वरोजगार मिडियाको प्रवद्र्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान पुग्न सकिरहेको छैन । सञ्चार गृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ । हाम्रो संगठन दशैं अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई दशै मनाउने वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग हाम्रो आग्रह गर्दछ ।
विभिन्न सञ्चार गृहका पीडित पत्रकारहरूले अघि बढाएको दबाबमूलक कार्यक्रमप्रति समर्थन र ऐक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकार हक, हितका लागि हुने सबै प्रकारका आन्दोलनमा हामी अग्रणी मोर्चामा रहने स्पष्ट गर्दछौं । पीडित पत्रकारहरुले अघि बढाएका मागहरूको हालसम्म पनि सञ्चार गृहबाट सुनुवाई हुन नसकेकोमा खेद व्यक्त गर्दै समयमै ती समस्याहरुको सुनुवाई नभए संघर्षका थप कार्यक्रमहरू अघि बढाइने स्पष्ट गर्दछौं । अन्तमा वडा दशैं, तिहार, नेपालसम्मत ११४३, छटलगायतका राष्ट्रिय पर्वको अवसरमा श्रमको उचित सम्मानका लागि श्रमजीवीहरुलाई निरन्तर लडिरहने प्रेरणा मिलोस्, हार्दिक शुभकामना ।
१० असाेज २०७९………………….
जन्मदेव जैसी
अध्यक्ष
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार