पोर्चुगलमा एक नेपाली युवाको मृत्यु, शव नेपाल पठाउने तयारी
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १९:१८:१३
२३ असोज, एजेन्सी । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो ।
सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा उनको मृत्यु भएको मृतकका भाइ सुरज सिन्धौलीले राससलाई जानकारी दिए । सँगै सुतेका साथीले बिहान काममा जाने बेलामा उठाउन जाँदा नउठेपछि आफूलाई खबर आएको र तत्काल दाजुको कोठामा पूग्दा दाजु मृत अवस्थामा भेटिएको उनले बताए । मृतक सिन्धौली पेगोईसस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।
सिन्धौलीको वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन । उनको शव बराईरो अस्पतालको शव गृहमा राखिएको छ । परिवारको आग्रहमा सिन्धौलीको शव नेपाल पठाउने तयारी भइरहेको र सो प्रक्रियाका लागि आर्थिक सङ्कलन सुरु गरिएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार