देउसी खेल्दै भोट माग्दै सत्ता गठबन्धनका उम्मेदवार
नेपालबहस संवाददाता
कात्तिक १०, २०७९ बिहिबार १५:२७:१६
१० कात्तिक, कञ्चनपुर । देशभर आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला विभिन्न राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा गएर देउसीभैलो खेल्दै आफू र आफ्नो पार्टीमा मतदान गर्नका लागि अनुरोध गरिरहेका छन् ।
नेपाली काँग्रेसका कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखक देउसीभैलोमा सहभागी हुँदै जनतासँग मत मागिरहेका छन् । त्यसैगरी काँग्रेस–माओवादी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार टेकेन्द्र भट्ट, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल, नेकपा (एमाले)–राप्रपा गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार धर्मराज जोशीलगायतका उम्मेदवार देउसीभैलोको सदुपयोग गर्दै जनतासँग मत मागिरहेका छन् ।
घरदैलो अभियानमा रहेका उम्मेदवारले तिहारको समयमा पनि अभियानलाई निरन्तरता दिएका छन्। नेपाली काँग्रेस कञ्चनपुरका नेता केशव चन्दले तिहारको समयमा पनि घरदैलो अभियानलाई निरन्तरता दिइरहेको बताए। ’घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ’, उनले भने, ’तिहारको समयमा देउसीभैलोको रौनकता छ, हाम्रा उम्मेदवारले पनि देउसीभैलोमा सहभागी भएर मत दिन आग्रह गरिरहनुभएको छ’, उनले जनतासँगै रमाउँदै मत माग्दै गरिरहेको बताए ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका भीमदत्तनगर अध्यक्ष करन पालले पनि उम्मेदवारहरू देउसीभैलोको सदुपयोग गरिरहेको बताए । ‘अहिले उम्मेदवारहरूले देउसीभैलो कार्यक्रममा सहभागी भएर आफ्ना कुरा जनतासमक्ष राख्ने र मत दिन आग्रह गरिरहेका छन्’, उनले भने, ‘देउसीभैलोमा सहभागी हुँदै घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ।’ निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र बनाएका छन् । नागरिक दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार