फूलबारी शान्तिपथ टोलविकास संस्थाको अध्यक्षमा दयासागर, सचिवमा अनुराग
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार २३:४०:३९
१४ कार्तिक, पोखरा । फूलबारी शान्तिपथ टोल विकास संस्था, पोखरा– १२ को आठौं अधिवेशन तथा १६ औं साधारण सभाबाट दयासागर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
संस्थाको उपाध्यक्षमा पदम भण्डारी, सचिवमा अनुराग अधिकारी, सहसचिवमा प्रेमप्रसाद श्रेष्ठ र कोषाध्यक्ष बुद्धिप्रसाद सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरूमा पदमप्रसाद गौतम, रविन्द्रराज पौडेल, श्रीप्रसाद कोइराला, पदम रेग्मी, मनु नेपाली, देवी शाही ठकुरी, डिलमाया गुरुङ, मनिराज श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले वडासँग बजेटको कमी नभएकाले राम्रा कार्यक्रम ल्याएमा टोललाई सहयोग गर्ने बताए । उनले वडाले वृद्धवृद्धाहरूको सामान्य स्वास्थ्य उपचार घरघरमा नै गएर तथा महिलाहरूलाई क्षमता अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने बताए । उनले २ छोरी मात्र जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई रु ५० हजार प्रदान गर्ने वडाको योजना रहेको जानकारी दिए ।
पोखरा १२ का निवर्तमान वडा अध्यक्ष रामबहादुर कार्कीले आफ्नो कार्यकालमा शान्तिपथ टोलको विकासमा विशेष योगदान गरेको स्मरण गरे । पूर्व एस। पी। नरेशबहादुर कार्कीले चापापानी खानेपानी उपभोक्ता समितिको सम्पूर्ण रकम शान्तिपथ टोलविकास संस्थाको कोषमा जम्मा गरिदिने बताए ।
नव निर्वाचित अध्यक्ष दयासागर लामिछानेले सबैको साथ सहयोग लिएर अगाडि बढ्ने कुरामा जोड दिए । संस्थाका अध्यक्ष पुण्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले संस्था स्थापना भएदेखि विभिन्न उतारचढाव भोग्दै संस्थालाई यहाँसम्म ल्याइपु¥याएको बताए । कार्यक्रममा संस्थामा विशेष योगदान दिने २४ जनालाई सम्मान गरिएको थियो ।
टोल सदस्य एवम् बाटो निर्माण समितिका संयोजक पदम भण्डारीले स्वागत मन्तव्य राखेका कार्यक्रममा कोषाध्यक्ष हितमान गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन अनुराग अधिकारीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार