तोसिमा कार्कीको रिटमाथि सुनुवाई खाजापछि
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार १९:४२:४०
१५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगको निर्णय खारेजीको लागि अन्तरिम आदेशको मागसहित सर्वोच्च अदालतमा दायर डा. तोसिमा कार्कीको रिट निवेदनमाथि खाजापछि मात्र सुनुवाई हुने भएको छ ।
न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसीको रोलक्रम १०औं नम्बरमा परेको छ । खाजा खाने समय भएकाले रिट सुनुवाइकाे क्रमलाई स्थगित गरेकाे र खाजापछि मात्र कार्कीको रिटमा सुनुवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
रिट निवेदक कार्कीले ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट दर्ता भएको उम्मेदवार निर्वाचन आयोगले लाभको पदमा रहेर उम्मेदवार बन्न नपाउने जनाउँदै खारेज गरिदिएपछि खारेजी निर्णयलाई बदरको मागसहित गएको आइतबार सर्वोच्चमा रिट दायर गराएकी थिइन् ।
कार्कीको पक्षबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुरेन्द्र भण्डारी, अधिवक्ता दिनेश त्रिपाठी लगायतले बहस गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार