शेयरबजार ओरालो लाग्ने क्रम रोकिएन
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २१:४०:५१
२३ कात्तिक, काठमाडौं । बुधबार नेप्से परिसूचक राताम्मै भएको छ । नेपाल स्कट एक्सचेन्जका अनुसार आज सेयर बजार २ प्रतिशतले घटेको हो । १८५ कम्पनीहरूको कारोबार हुँदा जम्मा चार वटा कम्पनीको शेयर वृद्धि भएको छ भने १८१ कम्पनी घाटामा गएको नेप्सेले जनाएको छ ।
बुधबार ३६ लाख ९७ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार बढीको कारोबार भएको नेप्सेले जनाएको छ । माथिल्लो हेवाखोला जलविद्युत आयोजना २७ अंक, नविल ब्यालेन्स फण्ड ०.३३ अंकले मात्र वृद्धि भएको छ ।
साथै, समृद्ध लघुवित्त वित्तिय संस्था ६ करोड ७८ लाख २७ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको र शिभव् सिमेन्टमा भने ६ करोड ८ लाख ४९ हजार ३१९ रुपैयाँको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।
आज सबै उपसुचक राताम्मै भएको छ । माइक्रो फाइनान्स ११९.४६, जीवन बिमा १९९.९५, विकास बैंक ११०.९७, हाइड्रो पावर ५३.०६, होटल तथा पर्यटन ५६.११, अन्य ३४.५५ ले घटेको छ । त्यस्ते बैंकिङ १४.०४, ट्रेडिङ १७.६८, फाइनान्स ७७.६८, निर्जीवन बिमा १४४.३६ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार