एकीकृत समाजवादी राष्ट्रिय दल बन्न कसरत गर्दै
नेपालबहस संवाददाता
मंसिर १३, २०७९ मंगलबार २२:४९:३१
१३ मंसिर, काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत गणना जारी रहेको छ । मत परिणामअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस र समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता लिइरहेको छ । नेकपा (माओवादी केन्द्र)ले दुवैतर्फ तेस्राे स्थान ओगिटरहेकाे छ ।
मंगलबार दिउँसो ४ बजेसम्म प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९८ लाख ८ हजार ९२७ मत गणना हुँदा एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख ४३ हजार १९१ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ९९ हजार १४५ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले ११ लाख २७ हजार ७६८ मतका साथ तेस्रो स्थानमा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार १७२ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५९ हजार २७७ मतसहित चौथोमा रहेको छ । तर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने २ लाख ७७ हजार ३ मत ल्याएको छ । मतगणना जारी छ । प्राप्त कूल मतको ३ प्रतिशत ल्याउन सके मात्र एकीकृत समाजवादी राष्ट्रिय दलमा दर्ज हुन्छ ।
एमालेबाट फुटेर बनेकाे याे पार्टी अहिले राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ । राष्ट्रिय दल बन्न थप ५० हजार मत आवश्यक पर्छ । चुनावमा यो पार्टीले कलम चिन्ह लिएर प्रतिस्पर्धा गरेको छ । एकीकृत समाजवादीले भन्दा सिके राउतको जनमत पार्टी र उपेन्द्र यादवको जसपाले धेर मत ल्याएको छ । जनमत राष्ट्रिय दल बन्ने पक्कापक्की भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार