मंसिर ४ को निर्वाचनमा १२ स्वतन्त्र उम्मेदवारले जिते चुनाव
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २२:३४:५०
१८ मंसिर, काठमाडौं । आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्न सकेनन् ।
यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनको आयोगको अन्तिम नतिजाअनुसार एमालेले २५ सीटमा जित हात पारेको छ । कांग्रेस १७, नेकपा माओवादी केन्द्र ९, नेकपा एकीकृत समाजवादी ३ र राष्ट्रिय प्रजातन्त्र पार्टी २ क्षेत्रमा जित हासिल गरेको छ ।
मधेश प्रदेशमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ ६ जना स्वतन्त्र उम्मेदवाले चुनाव जितेका हुन् । कूल ६४ रहेको मधेशमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले १५ सिटमा जित हात पारेको छ । नेपाली कांग्रेस १३ सिटसहित दोस्रो, जनता समाजवादी ९ सिटसहित तेस्रो भएका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट, जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्रले ४ सिट हात पारेका छन् भने स्वतन्त्र उम्मेदवार ६ जनाले चुनाव जितेका छन् । देशको राजधानी रहेको बागमती प्रदेशले स्वतन्त्र उम्मेदवारलाई पत्याएको देखिएन ।
यहाँ कूल ६६ सीटमध्येमा अन्तिम नतिजा सार्वजनिक हुँदा स्वतन्त्र उम्मेदवारले खाता खोल्न सकेनन् । यस प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले १४ सिटमा जित हासिल गरेको छ भने १ सिटमा अग्रता लिइरहेको छ ।
यस्तै नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो, नेकपा एमाले १३ सिटसहित तेस्रो दल बनेका छन् । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी ७, नेपाल नेकपा एकीकृत समाजवादी ५, नेपाल मजदुर किसान पार्टी १ र हाम्रो नेपाली पार्टी १ स्थानमा विजयी भएका छन् ।
यस्तै गण्डकी प्रदेशमा एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । कूल ३६ सिट रहेको यस प्रदेशमा नेपाली कांग्रेस १८ सिटसहित पहिलो दल बनेको छ । नेकपा एमाले १२ सिटसहित दोस्रो, ४ सिटसहित नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । यस्तै यस प्रदेशमा नेपाल समाजवादी पार्टीले १ जित्दा एक जना स्वतन्त्र उम्मेदवारले पनि चुनाव जितेका छन् ।
यता लुम्बिनीमा पनि ३ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । कूल ५२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा नेकपा एमालेले १८ सिट जितेको छ । नेपाली कांग्रेस १७, नेकपा माओवादी केन्द्र ५, जनता समाजवादी पार्टी २ र नागरिक उन्मुक्ति पार्टीले २ सिट जितेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ जनमत पार्टी १ तथा स्वतन्त्रमा ३ जनाले जित हासिल गरेका छन् ।
कर्णाली प्रदेशका २४ मध्ये एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली कांग्रेसले ९ सिटमा जित निकालेको छ । माओवादी केन्द्र ९, नेकपा एमालेले ५ र स्वतन्त्र १ एक जना विजयी भएका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशको कूल ३२ सिटमा एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यहाँ १२ सिट सहित नेपाली कांग्रेस दल बन्दा नेकपा माओवादी केन्द्र ८ सिटसहित दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी ५, नेकपा एमाले ३, नेकपा एकीकृत समाजवादीले ३ सिट जित्दा स्वतन्त्रबाट १ जनाले जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार