निर्वाचन आयोगलाई देउवाको खर्च विवरण,‘२६ लाख १२ हजारमा चुनाव जितेर आए’
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ बुधबार ०:३२:३६
२० मंसिर डडेलधुरा । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ मा सम्पन्न भएको निर्वाचनका क्रममा भएको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले प्रतिनिधिमार्फत डडेलधुराको निर्वाचन अधिकृतको कार्यलयलाई चुनावी खर्च विवरण बुझाएका हुन् । देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च भएको जनाएका छन् ।
उनले प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको निर्वाचन अधिकृतको कार्यलय डडेल्धुराले जनाएको छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवारहरू निर्वाचन खर्चको विवरण बुझाउन आयोगले समयसीमा तोकेको छ ।
जसअनुसार निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उमेदवारहरु खर्च विवरण मातहतका जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सुरु गरेका छन् । एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुईवटा प्रदेशसभामा १२ गरी २० जना उमेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको बताइएको छ ।
कार्यलयका अनुसार नेपाली कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले १३ लाख आठ हजार, स्वतन्त्र उमेदवार कर्णबहादुर रावलले एक लाख १६ हजार, विक्रमबहादुर शाहीले दुई लाख दुई हजार १९० र राप्रपा उमेदवार गोविन्द खडायतले चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् । अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेश (१)को लागि २१ लाख र प्रदेशसभा (२) को लागि १९ लाख खर्चको सीमा तोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
सीप मेलामा मोबाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप
बैशाख २४, २०८१ सोमबार
वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै यथावत
बैशाख २४, २०८१ सोमबार
टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
माटोको चुलो बनाउँदै विष्णुकुमारी
बैशाख २४, २०८१ सोमबार